पाँच दर्जन सहसचिवको सरुवा : आजै पत्र थमाइने, को कहाँ?
काठमाडौं। सरकारले करिब पाँच दर्जन सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो। यद्यपि सरकारले यसबारे औपचारिक जानकारी भने गराएको छैन।
Advertisement 1
स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डा नारायण रेग्मीलाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै पर्यटन मन्त्रालयमै सहसचिव रामकृष्ण लामिछानेको पनि सरुवा गरिएको छ। गृह मन्त्रालयमा सहसचिवहरु डा. टोकराज पाण्डे, ऋषिराम तिवारी, कृष्णप्रसाद लम्साल र रमेश ढकाललाई ल्याइएको छ। गृहका भरत खनाललाई परराष्ट्र मन्त्रालयमातह सरुवा गरिएको छ।
अन्य सहसचिवहरु झक्कप्रसाद आचार्य, लक्ष्मीप्रसाद निरौला र विन्देश्वरप्रसाद लेखकलाई पनि परराष्ट्र मन्त्रालयमातह विभिन्न देशका महावाणिज्यदूतका लाथि सिफारिस गर्नेगरी सरुवा गरिएको छ। त्यस्तै अर्थ मन्त्रालयमा मदन दाहाललाई ल्याइएको छ। सहसचिव निराजन घिमिरेलाई राष्ट्रपति कार्यालय र चक्रबहादुर बुढालाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सरुवा गरिएको छ। त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सहसचिव सूर्यबहादुर खत्री र प्रदिप कोइरालालाई ल्याइएको छ।
Advertisement 2
त्यस्तै दिपक नेपाललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा, सुमन दाहाललाई राजश्व अनुसन्धान विभागमा सरुवा गरिएको छ। त्यस्तै सहसचिवहरु महेश भट्टराई, हरिशरण पुडासैनी, दिपक लामिछाने र गोपीकृष्ण कोइराला, यमुना प्रधान, कविता रेग्मी, र श्याम भण्डारीलाई अर्थ मन्त्रालयमा ल्याइएको छ। त्यस्तै सहसचिवद्वय नवराज ढुंगाना र अर्जुन भण्डारीलाईसुदूर पश्चिम प्रदेश सरुवा गरिएको छ। त्यसैगरी ढुण्डी निरौलालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, शिवराम पोखरेललाई उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै चण्डीप्रसाद घिमिरे, कृष्णकुमारी श्रेष्ठ, यमलाल भुसाल र विनोदबहादुर कुँवरलाई ः प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ। त्यस्तै शिवलाल तिवारीलाई कर्णली प्रदेश प्रमुख कार्यालय, र ढुण्डीराज निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै नरेन्द्रकुमार रानालाई लोकसेवा आयोग, नारायणप्रसाद सापकोटालाई निर्वाचन आयोग, रितेशकुमार शाक्य र टंकप्रसाद पाण्डेलाई संघीयमा मामिलाको अतिरिक्तमा सरुवा गरिएको छ। त्यस्तै रामकुमार महतोलाई लोकसेवा आयोग, बाबुराम गौतमलाई गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय र हुमकला पाण्डेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै लक्ष्मीप्रसाद भट्टराईलाई शिक्षा मन्त्रालय, निता पोखरेललाई निर्वाचन आयोग, नारायणप्रसाद भट्टलाई सर्तकता केन्द्र र पुष्कर न्यौपानेलाई कोशी प्रदेश प्रमुखको कार्यालय सरुवा गरिएको छ।
त्यस्तै हेमराज तामाङई पनि कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै रुद्रप्रसाद पण्डितलाई राष्ट्रिय योजना आयोग, कमलप्रसाद भट्टराईलाई राष्ट्रिय सुचना आयोग र ईश्वरराज पौडललाई बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै सहसचिव पुष्पराज शाहीलाई कर्णाली मुख्यमन्त्री कार्यालय, प्रकाश दाहाललाई संघीय मामिला तथा सामान्य प्रशासन र राजेश्वर ज्ञावलीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। त्यस्तै सहसचिव रघुराम विष्टलाई गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय र ज्ञानहरि घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ। सरुवा मिलानको क्रममा उक्त संख्या बढ्ने तथा सामान्य फेरबदेल हुन सक्ने बताइएको छ। सरुवा भएका सहसचिवहरुलाई शुक्रबार नै पत्र दिने तयारी रहेको छ।