कामु प्रधानसेनापतिको जिम्मेवारी रथी बालकृष्ण कार्कीलाई

प्रधानसेनापति प्रभुराम शर्मा घर बिदामा बस्ने भएसँगै १३ दिनका लागि नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी रथी बालकृष्ण कार्कीले सम्हाल्ने भएका छन् ।

Advertisement 1

प्रधान सेनापति शर्मा आगामी १८ पुसदेखि ३० पुसम्म १३ दिनका लागि घर विदामा बस्न लागेका हुन् । प्रधानसेनापती पुस १८ गतेदेखि ३० गतेसम्म घरबिदामा बस्ने भएकाले उनको जिम्मेवारी कार्कीलाई कायममुकायम प्रधानसेनापतीका रुपमा जिम्मेवारी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो सिफारिस गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित :२०७८ पुष १६, शुक्रबार १५:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry