रंगीला हाकिमद्धयलाई यसरी चोख्याउँदैछ राज्य
सार्वजनिक प्रशासनको पवित्र र स्वच्छ छवि किन निरन्तर स्खलित हुँदैछ ? अकुत आर्जन र भ्रष्टाचार मुद्धामा डामिए विशेष अदालले ‘सुन पानी’ छर्किहाल्छ । यौन लगायतका अनेकन काण्डमै मुछिए हाजिर गर्न र जागिर खान सामान्यको ‘बरण्डा’ छँदैछ । यही कारण कर्मचारीहरुलाई छाडापन बढिरहेको पूर्व देखि बहालवाला प्रशासकहरुको टिप्पणी सुनिन थालेको छ ।
Advertisement 1
कर्मचारीलाई लाग्ने काण्ड भ्रष्टाचार, अनियमिततामात्रै हुने भएनन् । एक महिनामै चार हाकिम यौन काण्डमा मुछिए । जसमध्ये एक कैद भुक्तमान गर्दैछन्,अर्काे हिरासतमा कोचिएका छन् । बाँकी दुइलार्ई सामान्य प्रशासनको ‘अतिरिक्त समूह’ थन्काइएको छ । त्यही ललिता निवास जग्गा काण्ड र सुन काण्डमा तानिएका दुई सहसचिव हाजिर गर्दछन्,फर्कन्छन् । सामान्य प्रशासनको बादर्ली यस्तै बदनाम हाकिमहरुलाई थन्काउने थलोमा रुपान्तरण भएको छ ।
घरमा काम सघाउने युवतीमाथि यौन शोषण गरेको प्रमाण भेटिएपछि इञ्जिनियर हरिकुमार पोखरेल अहिले प्रहरीको चिसो सिढिमा पुगेका छन् । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेललाई काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । यद्यपि उनको जागिर गइसकेको छैन । हालै भौतिक मन्त्रालयले गरेको सरुवामा श्रेष्ठको दरबन्दी सडक विभाग,पुलमा तानिएको छ ।
Advertisement 2
दुई साता अघि चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिम यज्ञमूर्ति भण्डारीको कर्तुत छरपष्ट भयो । ३५ बर्षीया कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको,गर्भ बसेपछि गर्भ फाल्नका लागि अनावश्यक दबाब दिएको रहष्य बाहिरियो । क्लिनिकमा गर्भ फाल्ने क्रममा अत्याधिक रक्तश्राव भए पछि थप उपचारका लागि भरतपुर अस्पतालमा पु¥याइएसँगै यज्ञमुर्तीले पटक पटक यौन शोषण गरेका र गर्भ बसे पछि गर्भ पतनका लागि दबाब दिँदा अहिले उनी प्रहरी कष्टडीमा छन् ।
झापास्थित दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डमरु निरौलाले नगरपालिकाको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएसँगै २४ साउनदेखि बरण्डामा पुगेका छन् । डमरुको ठाउँमा सामान्यले उपसचिव गणेशराज कार्कीलाई खटाएको छ । इलामको माइजोगमाइ गाउँपालिकाको लेखा अधिकृत रेश्मा राईसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने प्रमुख प्रशासकीय अधिकृत काजीमान राई सामान्यकै जगेडामा छन् । लेखा अधिकृत रेश्मा कार्यालयको सम्पर्कमा नरहेको पालिकाले जनाएको छ । उनी स्थानीय तहकै कर्मचारी भएको कारण स्थानीय सरकारले नै कारवाही गर्ने सक्ने सामान्य प्रशासनले जनाएको छ । यस्तै, ललिता निवासको जग्गा काण्डमा मुछिएका सुशील वैद्यलाई दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी खोसेर अहिले सामान्यको अतिरिक्तमा हाजिर गराइएको छ । गृहले वैद्यको स्थानमा अध्यागमन कार्यालयबाट रामबन्धु सुवेदीलाई खटाइएको भए पनि उनी हाजिर भइसकेको छैनन् । यस्तै सुन काण्डमा जोडिएका दावासँगको कनेक्सन देखिएसँगै गृहले झलकराम अधिकारीलाई फिर्ता बोलाएर त्यहाँ रुद्रमान सिंह तमाङलाई खटाएको छ । अधिकारी सामान्य प्रशासनकै अतिरिक्तमा थन्काइएको छ । यसरी काण्ड र बदनामीमा मुछिएका कर्मचारीलाई सेवाबाटै अयोग्य भनेर बर्खास्त गरिनुपर्नेमा अतिरिक्तमा मात्र राखेर कारवाही टुंग्याउने हो भने निजामती सेवा झनै ध्वस्त हुने चिन्ता पोख्छन्,पूर्व सचिव गोपीनाथ मैनाली ।
Advertisement 3
इमान्दार रेटिने र बदनाम कर्मचारी उल्टै पुरस्कृत हुने मुलुकमा पर्दछ,नेपाल । जस्तो कुनै समय २ लाख राशीसहित सर्वोत्कृष्ट पुरस्कार थापे,सूर्यप्रसाद गौतमले । जबकी उनी कारवाहीको भागीदार हुनुपर्ने उनको कार्यसम्पादनले देखाउँछ । शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक हुँदा आफैले प्रश्न बनाए,आफ्नै श्रीमती इन्दिरा ढकालको कपी आफैले जाँचे र एक नम्बरमा उत्र्तीण गराए । सार्वजनिक प्रशासनमा यस्तो बदमासी गर्ने गौतम उल्टै सर्वोत्कृष्ट निजामती पुरस्कारबाट पुरस्कृत भए । त्यस यता ६ बर्ष भयो यो पुरस्कार वितरण गर्न छाडिएको ।