यी हुन जिल्ला हाक्ने ६ महिला कमाण्डर
निजामति सेवाका उच्च ओहदामा महिला कर्मचारीहरुको प्रवेश बढ्दो छ । अहिले सचिव पदमा ५ महिला कार्यरत छन् । जिल्ला प्रशासन कार्यलय सम्हाल्ने महिलाको संख्या ६ जना रहेको छ ।
मुलुकका ७७ जिल्लामध्ये ६ वटा जिल्लाको जिल्ला प्रशासन कार्यलय महिलाले हाँकिरहेका छन् । अहिले गुल्मी,नवलपरासी पूर्व, ओखलढुंगा, पर्वत,सल्यान र मुस्ताङको प्रमुख जिल्ला अधिकारीको कुर्सीमा महिला पुगेका छन् ।
Advertisement 1
जसमध्ये २ सहसचिव र ४ उपसचिव हुन् । गुल्मीको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा कार्यरत छिन् । उनले २०७७ पुष ८ गतेदेखि जिल्लाको कमाण्ड थालेकी हुन् । यस्तै नवलपरासी सुस्तापूर्वको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई कार्यरत छिन् । उनी प्रमुख जिल्ला अधिकारीमा २०७७ भाद्र २२ बहाल भएकी हुन् ।
बाँकी रहेका ४ जिल्ला मुस्ताङ,पर्वत,सल्यान र ओखलढुंगामा चाहिँ उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ ।
Advertisement 2
ती जिल्लामध्ये सल्यान जिल्लाको प्रजिअमा लक्ष्मीदेवी होमागाई ७७ साल फागुन १९ गतेदेखि सम्हालेकी छिन् ।
यस्तै मुस्ताङ जिल्लाको प्रजिअमा हिरादेवी खतिवडा कार्यरत छिन् । उनले २०७७ श्रावण ३२ देखि नै जिल्लाको नेतृत्व सम्हालिरहेकी छिन् ।
Advertisement 3
यस्तै पर्वतको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले २०७७ फाल्गुन २०देखि र ओखलढुंगाको प्रमुख जिल्ला अधिकारी बन्दना राईले पनि ७७ फागुन २० गतेदेखिनै सो जिल्लाको कमाण्ड सम्हालेकी हुन् ।