यस्ता हाकिम :-जसको सरूवा रोक्न जनता पुगे सिंहदरवार
@सन्तोष बराइली
Advertisement 1
स्थानीय तहमा हुने भ्रष्टचारको जिउँदोजाग्दो नमुना सप्तरीका स्थानिय तहहरूलाई लिन सकिन्छ । चुनाव भएर जिम्मेवारी सम्हालेको बर्ष दिन बित्न नपाउँदै सप्तरीका ४ वटा स्थानीय तहका प्रमुखहरू निलम्बनमा परे । भ्रष्टचार अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि सप्तरीका राजविराज , बोधेबर्शाईन , शम्भुनाथ नगरपालिका र बिष्णुपुर गाउँपालिका गरी चार प्रमुख निलम्बनमा परे । प्रमुखहरू निलम्बनमा परेका स्थानीय तह सञ्चालन गर्ने जिम्मेवारी कर्मचारीको काँधमा आइलाग्यो । घूस रिसवत केसमा अख्तियारले मुद्दा चलाएपछि शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बनमा परेपछि यो नगरपालिका चलाउने जिम्मेवारी राजकुमार दासको काँधमा आइलाग्यो । नगरबासीको चाहना पूरा गर्नुपर्ने चुनौती प्रशासकीय अधिकृत दासका अगाडि फलामको चिउरा बनेर खडा भयो । दासले हिम्मत हारेनन् । यो चुनौतीलाई अबसरमा बदल्ने प्रण गरे ।
पारदर्शी कामकारवाही
मधेशमा स्थानीय तहका कर्मचारीमाथि जनताको अबिश्वास विद्यमान छ । दासले सबैभन्दा पहिला कर्मचारीप्रतीको अबिश्वास घटाउन नगरको कामकारवाहीलाई पारदर्शी बनाउने निधो गरे । यसका लागि उनले नगरपालिकाको आधिकारीक वेभसाईड सञ्चालनमा ल्याए अनि नगरपालिकाको दैनिक कामकारवाहीलाई वेभसाईडमा दैनिक अपडेट गर्ने परिपाटी बसाले ।
Advertisement 2
यसपछि सार्वजानिक सुनुवाईको आयोजना गरेर नगरको बिकासको मोडेल बनाए । सहभागीहरूले बिकास निर्माणसँगै शिक्षा क्षेत्रको बिकासमा जोड दिए । नारा तय गरियो, हामी सबैको चाहना, समृद्ध र शिक्षित शम्भुनाथ नगरबासीको कामना । जनचाहना अनुसार नगरउपप्रमुख अनिताकुमारी चौधरीसँगको सहकार्यमा प्रशासकीय अधिकृत दासले बिकास निर्माणलाई तिब्र बनाए
।
जनसहभागितामा जोड
गत आर्थिक बर्ष दासले बिकासमा जनसहभागितालाई जोड दिए । मधेशमा हराउँदै गएको जनश्रमदानको परिपाटीलाई पुन ब्युताइएको भन्दै उनको सर्वत्र तारिफ हुनथाल्यो । नगरको शैक्षिकस्तर उकास्न विभिन्न कार्यक्रम अघिसारे । सामुदायिक बिध्यालयमा छोराछोरी भर्ना गर्न अनुरोध गर्दै घरदैलो चहारे । सामाजिक सुरक्षालाई प्रमुखताका साथ ब्यवहारमा उतारे ।
Advertisement 3
पारदर्शितालाई प्रमुखतासाथ ब्यवहारमा उतारेका दासले विद्युतीय शुशासन सेवा, नगरको ऐन, कानुन तथा निर्देशिका सबैजसो नागरिकबीच पुर्याउने प्रयास गरे । नागरिक वडापत्र अनिवार्य गाउँगाउँमा राख्ने अभियान चलाएका दासले गरिब र अति बिपन्नहरूलाई स्थानीय सरकारको अनुभूति दिलाउन थुप्रै कार्यक्रम चलाए ।
नगरपालिकाको वेभसाईड अध्ययन गर्दा शम्भुनाथ नगरपालिकामा गत आर्थिक बर्ष दासले गरेका कामहरूको बिबरणले भन्न करैलाग्छ कि दास बिकासप्रेमी तथा जनउत्तरदायी सरकारका देशभक्त कर्मचारी हुन् ।
मासिकजसो सार्वजानिक सुनुवाई कार्यक्रम गर्ने परिपाटी बसालेका दासले जनताको बीचमा नगरको चौमासिक प्रगती बिवरण सार्वजानिक गर्ने परिपाटीको सुरूवात गरे ।
जनताको माया
शम्भुनाथ नगरपालिका सरूवा भएर आउनसाथ नगरप्रमुख निलम्बनमा परेपछि यस नगरपालिकामा बस्ने नबस्ने भनेर बिलखबन्दमा परेका थिए दास । तर , साथीभाई र अग्रजहरूले चुनौतीलाई अबसरमा बदल्न सुझाएपछी शम्भुनाथमै बसेर काम देखाउने निधो गरेका थिए उनले । इकर्मचारी डटकमसँग भने,जता गए पनि कामै गर्ने हो । शम्भुनाथ नगरपालिका घर पाएक पर्ने भएकाले घरपरिवारले पनि यतै बस्ने सल्लाह दिए । सबैको सल्लाह र सुझावपछि शम्भुनाथमै बस्ने निधो गरेँ ।
जागिरको शिलशिलामा प्रत्यक्ष जनतासँग सहकार्य गरेर पहिलोपटक काम गरेका दासको सरूवा भुमिसुधार मन्त्रालयमा भयो । तर उनको सरूवा रोक्न शम्भुनाथ नगरपालिकाबासीहरू हुल बाँधेर बसनै रिजर्भ गरेर डेलिगेसनका लागि सिंहदरवार पुगेकाछन् । सप्तरीबाट प्रतिनिधिसभा चुनाव जितेका सिके राउत नेतृत्वको जनमत पार्टीले पाएको सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिईरहेका छन् । जनही अर्थ संकलन गरेर काठमाडौं गएका उनीहरू गौशलास्थित धर्मशालामा बसेकाछन् । दासको सरूवा नरोकिएसम्म घर नफर्कने उनीहरूले अड्डी लिएको जनमत पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
संभवत मधेशमा जनताले कर्मचारीप्रती प्रेम दर्शाएको घटना यो पहिलो हुनुपर्छ । सरकारी कर्मचारी भन्नसाथ घुस्यहा देख्ने मधेशका जनताको नजरिया कायमै छ । यस बिषयमा जानकारी लिन खोज्दा प्रमुख प्रशासकीय अधिकृत दाससँग सम्पर्क हुन सकेन ।