आगामी बर्ष कहिले- कहिले छ सरकारी तथा सार्वजनिक बिदा ? राजपत्रमा निस्कियो सूचना

Advertisement 1
गृह मन्त्रालयले आगामी बर्षको सरकारी तथा सार्वजनिक विदाको सूचना राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित सार्वजनिक बिदाको सूचना अनुसार आगामी बर्ष शनिवार विदा ५३ दिन परेको छ ।
यस्तै,पर्व बिदामा वैशाख १,रामनवमीको अवसरमा ५ वैशाखमा सार्वजनिक बिदा दिइएको छ । वैशाख पूर्णिमाको अवसरमा वैशाख १० गते सार्वजनिक बिदा दिइएको छ । यस्तै,भदौं ३ गते रक्षाबन्धन,भदौं १० गते श्रीकृष्णजन्माष्टमी पर्वको अवसरमा पर्व बिदा दिइएको छ । घटस्थापना १७ असोजमा परेको छ र सो दिन सार्वजनिक बिदा दिइएको छ । असोज २४ गतेदेखि दशैं बिदा दिइएको छ असोज २८ सोमबारसम्म दशैं पर्वको बिदा दिइएको उल्लेख छ ।
यस्तै,तिहार पर्वको अवसरमा १५ कार्तिकदेखि १९ गतेसम्म बिदा हुनेछ । कार्तिक २२ छठपर्व,क्रिसमस डे पुस १०,३० मंसिर धान्य पूर्णिमा,१५ पुस तमु ल्होसार,माघे संक्रान्ति,१७ माघ सोनम ल्होसार,१४ फागुन महाशिवरात्री पर्वको अवसरमा बिदा हुनेछ । आगामी वर्ष पृथ्वी जयन्ती र सहिद दिवसमा सार्वजनिक विदा थप गरिएको गृह मन्त्रालयले जनाएको छ ।