प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री प्रचण्डले मंगलबार (आज) राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
Advertisement 1
प्रधानमन्त्रीले एकवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्नुका साथै भावी योजनाबारे केही घोषणा गर्ने तयारी रहेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् ।
प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रकाशित :२०८० पुष १०, मंगलवार ०८:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%