स्थानीय तहको क्षमता बृध्दिको लागि प्रोक्युरमेन्ट क्लिनिक
सार्वजनिक खरिद अनुगमन कार्यालयले स्थानीय तहको सार्वजनिक खरिद क्षमता अभिवृध्दि र खरिद कार्यमा देखिएका अन्यौलता हटाउने उद्देश्यका साथ पहिलो चरणमा गण्डकी र बागमति प्रदेशमा प्रोक्युरमेन्ट क्लिनिक कार्यक्रम संचालन गरेको छ ।
Advertisement 1
स्थानीय तहका खरिद कार्यमा संलग्न कर्मचारी लेखा शाखाका कर्मचारी र इन्जिनियरहरु उक्त कार्यक्रममा सहभागी रहेका छन् । सार्वजनिक खरिदका विभिन्न चरणहरु खरिद योजना तयारी लागत अनुमान तयारी स्पेसिफिकेसन र डिजाइन तयारी बोलपत्र तयारी बोलपत्र मूल्यांकन खरिद सम्झौता सम्झौता पश्चातका कार्यहरु लगायतका विषयमा सहभागीहरुले आफ्नो कार्यक्षेत्रमा भोगेका समस्या राख्ने र विज्ञ वाट सो को समाधान सुझाव गर्ने किसिमवाट पहिलो चरणमा गण्डकी र बागमति प्रदेशमा प्रोक्युरमेन्ट क्लिनिक कार्यक्रम संचालन भैरहेको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले बताए । सार्वननिक खरिदका विषयमा आएका चुनौती सहभागीबाट व्यक्त गर्ने र विज्ञले ती समस्या समाधानका तरिका बताइदिने गरी संचालन गरिएको ‘प्रोक्युरमेन्ट क्लिनिक’ अन्तरक्रियात्मक कार्यक्रमवाट सहभागीहरु लाभान्वित भएको उनले बताए ।
सवै सातै प्रदेश र सवै स्थानीय तहहरुको सहभागित हुने गरि यो कार्यक्रम नियमित रुपमा संचालन गरिने उनले बताए । यो कार्यक्रम विभिन्न सार्वजनिक निकायको आवश्यकताको आधारमा पनि संचालन गरिने उनले बताए । उनका अनुसार नेपाल राष्ट्र बैंकका खरिद कार्यमा संलग्न कर्मचारीहरुको लागि आयोजित प्रोक्योरमेन्ट क्लिनिक तथा सार्वजनिक खरिद ऐन नियमावली र नेपाल राष्ट्र बैंक खरिद विनियमावलीमा रहेका खरिद प्रावधान तथा प्रकृया सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन भैसकेको छ । नेपाली सेनाका विभिन्न कार्यालयमा खरिद इकाइमा रहेका कर्मचारीहरुको विद्युतीय खरिद सम्बन्धी तालिम संचालन भैरहेको उनले बताए ।
Advertisement 2
प्रोक्युरमेन्ट क्लिनिक एउटा सफल अभ्यास भएको र अव यस विधिबाट खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास गर्न सकिने भएकाले स्थानीय तह र प्रदेश समेतका कर्मचारीको सहभागितामा र विभिन्न सार्वजनिक निकायको माग बमोजिम प्रोक्युरमेन्ट क्लिनिक र अन्य विषयगत तालिमहरु घनीभूत रुपमा संचालन गर्नु आवश्यक भएकोले यी कार्यक्रमहरुको संचालनमा प्राथमिकता दिइएको सचिव डा रेग्मीले बताए ।