सिंहदरबारमा २ दर्जन हाकिम जगेडामा,स्थानीयमा महिनौंदेखि निमित्त
मनलाग्दी ढंगले कर्मचारी सरुवा गरिँदा अहिले एकै पटक दुई दर्जन सहसचिव कामविहिन हुनु परेको छ । क्याविनेटले गत फागुन ११ मा एकै पटक ६१ सहसचिवको सरुवा गर्दा गृहबाट ८ सहसचिव बाहिरिएका छन् भने गृहमा १० जना सहसचिवले प्रवेश पाएका छन् ।
Advertisement 1
गृह भित्रनेमा प्रदेश नम्बर १ को योजना आयोगबाट जयकुमार घिमिरे,रामकुमार महत्तो,मेखबहादुर मग्राती,रामकृष्ण अधिकारी,मदन कोइराला,वेदप्रसाद खरेल,प्रेमप्रसाद आचार्य,रामबन्धु सुवेदी,रुद्रसिंङ तमाङ,झलकराम अधिकारी र महादेव पन्थ छन् ।
यस्तै गृहबाट १० सहसचिवलाई प्रदेशतिर खटाइएको छ । जसमा डा भिष्मराज भुषाल,गोविन्द रिजाल,उमेशकुमार ढकाल,प्रेमप्रसाद भट्टराई,छविलाल रिजाल,ऋृषिराम तिवारी,पुष्पराज शाही,लालबाबु कवारी लगायत रहेका छन् ।
अझैं पनि गृहको बरण्डामा दर्जन बढी सहसचिव, दर्जन उपसचिवलाई थन्काइएको छ । सहसचिवलाई मन्त्रालयको बरण्डामा थन्क्याएर, सहसचिवकै दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रशासनको कमाण्डर बनाएर खटाइएको छ ।गृह मन्त्रालयअन्तर्गत सहसचिव दरबन्दी भएको १६ जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाइएकामा गृह प्रशासनमा असन्तुष्टि छ । ८ सहसचिव बरन्डामा बसेर दिन बिताएको लामो समयपछि दुई दिनअघिको सरुवामा गृहमा ११ जना पठाइएको छ । गृहमा आस्मान तामाङ, रुद्रादेवी शर्मा, सुमन घिमिरे, थानेश्वर गौतमहरु बरण्डामा थन्काइएको छ । उनीहरुको दैनिकी मन्त्रालय जाने र हाजिर गरेर फर्कने गरेका छन् ।
सरुवा गर्दा गृहले आफैंले बनाएको मापदण्डलाई कुल्चिएको पाइएको छ । सहसचिवहरुलाई बरण्डामा थन्काएर उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको पाइएको छ । सहसचिवलाई खटाउनु पर्ने कतिपय जिल्लामा उपसचिवलाई सिडिओ बनाएर खटाइएको छ,प्रशासन सुधारका लागि आफैंले बनाएको कार्यविधिको धज्जी उडाइएको छ । ती सहसचिवहरुमध्ये कतिपयले बस्ने कार्यकक्ष र कुर्सी समेत नपाएको गुनासो इकर्मचारी डटकमसँग गरेका छन् ।
Advertisement 2
गृहमा सहसचिवमात्र होइन उपसचिवहरु पनि बरण्डामा थन्किनेमा परेका छन् ।जगेडामा थन्क्याइएका उपसचिवहरुमा मित्रलाल शर्मा, कल्पना शर्मा, गंगा बहादुर क्षेत्री लगायत उपसचिव पनि जिम्मेवारीविहिन छन् ।
मन्त्रालयका अनुसार अहिले ६ सयभन्दा बढी सहसचिवको दरबन्दी छ । सहसचिवमा बढुवा हुन दरबन्दी सिर्जना गर्ने तर काममा नजाने वा नपठाउने चलन बढ्दो छ । बेलाबेलामा सचिव र सहसचिवलाई नै मन्त्रालयले महिनौं जगेडामा राख्ने गरेको छ । एकातिर स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको खाँचो छ अर्कातर्फ अधिकृत, उपसचिव र नायब सुब्बाहरू सिंहदरबार छाड्न नमान्ने अवस्था छ ।
Advertisement 3
एउटा सहसचिवको मासिक खर्चमात्र एक लाख हाराहारी निस्कन्छ । केन्द्रमा सहसचिवलाई जिम्मेवारविहिन राखेर बरण्डामा थन्काइने अनि स्थानीय तह चाहिँ महिनौंदेखि निमित्तको भरमा चलाइनु पर्ने भए पनि प्रशासन सुधारको कुरा उखानमै सीमित हुने देखिदैंछ ।