शाखा अधिकृतको नतिजा सार्वजनिक (नतिजासहित)

सर्वाेच्च अदालतको गत बुधबारको पूर्ण इजलाशले लोकसेवा आयोगले रोकेर राखेको शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार आयोगले नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

सर्वाेच्चका न्यायाधीशत्रय आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न आदेश दिएसँगै लोकसेवाले आज परीक्षाफल प्रकाशन गरेको हो ।
आयोगले दुई बर्ष देखि रोकेर राखेको  विगत दुई वर्षदेखि रोकेर राखेको शाखा अधिकृतको नतिजा आयोगले आज सार्वजनिक गरेको हो।

आयोगले प्रशासन सेवा, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा अन्तरगत खुलातर्फ दुई सय ८१,महिला ७६,,आदिबासी जनजाती ६१ जना, मधेशीतर्फ ३४ जना, दलिततर्फ १२ जना, अपांगता भएका व्यक्तितर्फ ११ जना, पिछडिएको क्षेत्रतर्फ १० जना सिफारिस भएका छन् ।

Advertisement 2

यस्तै आयोगले नेपाल परराष्ट्र सेवा र नेपाल बन सेवा तर्फको शाखा अधिकृत सरहकै नतिजा सार्वजनिक गरेको छ । जसमा नेपाल परराष्ट्र सेवामा खुलातर्फ दुई जना, महिलातर्फ एक जना सिफारिस भएका छन् ।

यस्तै नेपाल बन सेवामा खुलातर्फ चार जना, महिलातर्फ एक जना, आदिवासी जनजातितर्फ एक जना, मधेशीतर्फ एक जना सिफारिस भएका छन् ।

SO_Sifaris_Suchana
प्रकाशित :२०७८ माघ १६, आईतवार १९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry