गृहका १० सहसचिवको सरुवा [सूचीसहित]
गृह मन्त्रालयले १० प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार ६० किलो सुन काण्ड लागेर गृहबाट बाहिरिएका अध्यागमन विभागको तत्कालीन महानिर्देशक झलकराम अधिकारी सामान्य प्रशासनको जगेडामा पुगेसँगै रिक्त रहेको अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङलाई पठाइएको छ । तामाङ यस अघि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयको अतिरिक्तमै रहेका सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।
Advertisement 1
यस्तै ललिता निवास जग्गा काण्डमा तानिएर सुशील वैद्य सामान्य प्रशासनको जगेडामा पुगेसँगै रिक्त रहेको दाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रामबन्धु सुवेदीले पाएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखको भूमिकामा थिए । उनको ठाउँमा गोगनबहादुर हमाललाई ल्याइएको छ । हमाल दैलेखको प्रमुख जिल्ला अधिकारी थिए ।
यस्तै गृहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको सिडियोमा सरुवा गरिएको छ।
त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाएर खटाउँदा त्यहाँका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
Advertisement 2
त्यस्तै भक्तपुरका खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको छ ।