माधव नेपालमाथि कसले लगायो चामल चोरको आरोप?

‘अपमान भयो, अपमान असह्य हुन्छ’ भन्ने पूर्वप्रधानमन्त्री माधव नेपालमाथि चामल चोरको अपमानजनक आरोप लागेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपलामाथि अपमानजनक आरोप लागेको हो । उनलाई
नेपाल राष्ट्र बैंकका उपनिर्देश्क लक्ष्मी ताम्राकारले चामल चोरको अपमानजनक आरोप लगाएका हुन् । नेपाल राष्ट्र बैंकको विनियमावली अनुसार बैंकका कर्मचारीले राजनीतिमा संलग्न हुन पाउँदैनन् । तर, उपनिर्देशक जस्तो गरिमामय पदमा रहेका ताम्राकारले पूर्वप्रधानमन्त्री जस्तो ओहोदाका व्यक्तिमाथि गम्भीर अपमानजनक आरोप लगाएका हुन् ।
Advertisement 1
Advertisement 2
ताम्राकारले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को गाली गरेको भन्दै नेपाललाई चामल चोरको संज्ञा दिएका हुन् । राजनीतिक नेतृत्व जस्तै सरकारी कर्मचारीले सामाजिक सञ्जालमा जथाभावी लेख्न नहुने प्रावधानविपरित ताम्राकारणले तुच्छ शब्द सहित माधव नेपालको अपमान गरेका छन् ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीविरुद्ध बोलेका विषय एउटा अनलाइनले समाचार बनाएको थियो । त्यसको जवाफमा ताम्राकारले पदीय मर्यादाविपरित कर्मचारीको राजकीय सीमाको उल्लंघन गर्दै समाजिक सञ्जाल फेसबुकमा ‘तँलाई एकमुठी चामल चोरेर पनौतीमा भूमिगत हुँदा भात खुवाउने मान्छे नि अहिले जिउँदै छ । तैंले नि फूर्ति नलाए हुन्छ’ उल्लेख गरेका छन् ।
Advertisement 3
नेपालले ओलीलाई विगतमा दुई महिनासम्म भात खुवाएर पालेको उल्लेख गर्दै लेखिएको समाचारको प्रतिक्रियामा ताम्राकारले आफ्नो हैसियत बिर्सेर चामल चोरको आरोप लगाएका हुन् ।