राजश्व र भन्सारको हाकिम फेर्न बहादुर भवनले सरकारलाई दिएन सहमति

अर्थ मन्त्रालयले दुई ठूला विभागको हाकिम परिवर्तन गर्ने तयारी गरेको भए पनि त्यसमा बहादुर भवनले स्वीकृति नदिएको बुझिएको छ ।

Advertisement 1

अर्थ मन्त्रालय मातहतको दुई ठूला विभागहरु आन्तरिक राजश्व विभाग र भन्सार विभागको हाकिमलाई चुनावको मुखमा परिवर्तन गर्नेका लागि निर्वाचन आयोगसँग सैद्धान्तिक सहमति माग गरेकोमा आयोगले त्यसमा सहमति नदिएको हो ।
अर्थले गत बुधबार केही सहसचिवको सरुवाका लागि भन्दै सैद्धान्तिक सहमति माग्दै पठाएको पत्रमा आयोगले सहमति दिन नसक्ने जबाफ दिएको हो ।

अर्थ स्रोतका अनुसार,कमल प्रसाद भट्टराईको ठाँउमा चक्र बूढा र रितेश शाक्यको स्थानमा दीर्घराज मैनालीलाई सरुवा गर्ने खोजेको भए पनि निर्वाचन आयोगले सहमति दिन अस्विकार गरेको आयोग स्रोतले जनाएको छ ।

Advertisement 2

अर्थले पठाएको पत्रमा केही सहसचिव तथा अन्य कर्मचारीहरुको सरुवा गर्नुपर्ने भएकाले सैद्धान्तिक सहमति दिनु भनिएकाले आयोग अन्योलमा परेको थियो। र उस्ले त्यस्को विवरण माग गरेकोमा अर्थमन्त्रालयले गत बिहीबार सार्वजनिक आन्तरिक राजस्व विभागको महानिर्देशक रितेश शाक्यलाई ऋण व्यवस्थापन कार्यालय प्रमुख बनाएर उक्त कार्यालय प्रमुख रहेको दीर्घ मैनालीलाई विभागको महानिर्देशक बनाउने र भन्सार विभागको महानिर्देशक कमलप्रसाद भट्टराईलाई अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख बनाएर महाशाखा प्रमुख चक्रबहादुर बुढालाई भन्सार विभागको महानिर्देशक बनाउने गरी सरुवा सहमति मागिएको थियो । तर आयोगले ती कर्मचारीहरुको सरुवाको हकमा निर्वाचन आचारसंहिता अनुकूल नभएको भन्दै सहमति दिन नसक्ने जबाफ दिएको हो ।

चुनावको मिति घोषणा भएपछि कर्मचारी सरुवा, बढुवाजस्ता महत्वपूर्ण निर्णय नगर्ने अभ्यास रहँदै आएको छ । तर, विशेष अवस्थामा भने निर्वाचन आयोगसँग सहमति लिएर सरुवा बढुवा गर्न पाउने कानुनी व्यवस्था छ ।

Advertisement 3

यही प्रावधानलाई देखाएर सरकारले सरुवाका लागि सैद्धान्तिक सहमति मागेकोमा आयोगले सरुवा दिन नसक्ने जबाफ दिएसँगै हाललाई सरुवाको प्रक्रिया रोकिएको आयोगले जनाएको छ ।

प्रकाशित :२०७९ कार्तिक २१, सोमबार १०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry