झलकरामलाई अध्यागमनमै फर्काउने तयारी

सरकारले अध्यागमन विभागमा फेरि झलकराम अधिकारीलाई नै पठाउने तयारी गरिरहेको छ ।
Advertisement 1
६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङको गहिरो कनेक्सन भेटिएको भन्दै झलकराम अधिकारीलाई गत भदौं सात गते गृहमा तानेर अतिरिक्त समूहमा राखिएको थियो ।
अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा भएको कुराकानी सार्वजनिक भएसँगै विवादमा तानिएका अधिकारी गृह मन्त्रालयमा तानिएका थिए । यो प्रकरणमा जोडिएका दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् ।
अधिकारी तानिए पछि रिक्त रहेको अध्यागमन विभागको महानिर्देशक बन्नका लागि सहसचिवद्धय जयनारायण आचार्य र रुद्रमान सिंह तमाङले जोडबल गरिरहेका छन् । तर झलकराम भने अध्यागमनमै फर्कने गरि सेटिङ गर्न थालेको गृह स्रोतले जनाएको छ । सेटिङ कलामा पारंगत र बदनामी कमाएका कर्मचारी भलकराम प्रधानमन्त्री प्रचण्डका जिल्लाबासी भएकै कारण गत फागुनमा अध्यागमन विभागमा पुगेका थिए । यस अघि साढे चार महिना मात्र पुल्चोकस्थित विभागमा रहँदा उनले विभागलाई दुहुनो गाई बनाएर बिदा भएका उनी त्यहाँबाट गृहमा तानिएर अध्यागमनमा पुगेका कर्मचारी हुन ।
Advertisement 2
यसअघि सहकारी विभागको रजिष्टार रहँदा बदनामी कमाएका पात्र हुन् । रुद्रमान र जयनारायणहरुलाई रोकेर झलकराम नै फर्कने गरि सेटिङ भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।