१ लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध आरोपपत्र दायर

१ लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृत पद्यविनोद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

Advertisement 1

आयोजनाको भुक्तानी दिएबापत घुस लिइरहेको अबस्थामा पोखरेललाई अख्तियारको टोलीले गत असार २६ गते घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।सोही आरोपमा सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पद्मविनोद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

सडक निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिने क्रममा एक लाख रुपैयाँ घुस बुझेको पुष्टि भएपछि बिगो अनुसार जरिवाना सजाय समेत गर्न माग दाबी लिएर आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रकाशित :२०८० श्रावण ३२, बिहीबार १६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry