लत्ताकपडा, चिनी तस्करी:- सशस्त्रको नियन्त्रण बेस्करी
सिमामा तस्करी बढेसगै सशस्त्र प्रहरीले सुरक्षामा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल इलामले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको लत्ताकपडा, चिनी र अन्य सामान बरामद गरेको छ ।
Advertisement 1
आज सुर्योदय नगरपालिका पशुपतिनगरबाट खटिएको पैदल गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ५४ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
Advertisement 2
त्यस्तै हिजो माईजोगमाई गाउँपालिका जौबारीबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा भारतीय सवारी साधन सहित चिनी लगायत अन्य खाद्य सामाग्रीहरु फेला पारी नियन्त्रणमा लिइएको छ । ४ लाख ८६ हजार ७ सय बराबरको उक्त सामान आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको सशस्त्र प्रहरी बल इलामले जानकारी दिएको छ ।