छलफल गर्न कुलमानलाई मन्त्रालय बोलाइयो
काठमाडौं। ऊर्जा जलस्रोत तथा सिंचाइँ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएका छन्। बुधबार दिउँसो छलफलका लागि मन्त्रालयमा बोलाइएको हो। मन्त्री खड्काले ऊर्जा व्यवसायीलाई समेत राखेर छलफल गर्ने बताइएको छ।
Advertisement 1
प्राधिकरणका प्रबन्ध नर्देशक घिसिङ विवादमा परेका छन्। उनले २ अर्ब ३९ करोड रुपैयाँको ठेक्का आफ्नै भाई एजेन्ट रहेको भारतीय कम्पनी रुद्रानीलाई ठेक्का दिन सार्वजनिक ऐनका सबै प्रावधान कुल्चिएपछि उनी विवादमा परेका हुन्।
साथै उद्योगी व्यवसायीबाट डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुल लिने उनको अडान पनि विवादमा परेको छ। बुधबार दिउँसको छलफलमा विद्युत् महसुलकै विषयमा छलफल हुने बताइएको छ।
Advertisement 2
विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ
२ अर्ब ३९ करोडको ठेक्का : कुलमान बलमिचाइँको ‘टाइमलाइन’
Advertisement 3
२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी
२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया
२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी
विद्युतमा २ अर्ब ३९ करोडको ठेक्का : ५४ प्रतिशत काम बझाङमा, सांसद जोशीको गम्भीर चासो