नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग

काठमाडौं। नुवाकोट–ककनीका कपिल भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गरेका छन्।

Advertisement 1

ककनीमा जन्म भई हाल अमेरिकाको एलेडोमा बस्दै आएका भण्डारीले यही भदौ १० गतेको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि उक्त रकम सहयोग गरेको बताए।

“नेपालले मलाई मेरो सुरुआत र पहिचान दियो, आज नेपाललाई परेको यो विपत्तिको घडीमा मातृभूमिका पक्षमा उभिन चाहन्छु, मेरो यो सानो प्रयासले केही परिवारलाई राहत मिल्नेछ भन्ने आशा राखेको छु”, भण्डारीले भने।

प्रकाशित :२०८३ भाद्र २१, आईतवार १३:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry