कालो सूचीमा १३ कम्पनी

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको छ । समयमै काम सम्पन्न नगर्ने एक दर्जनभन्दा बढी ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् ।
Advertisement 1
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम सम्पन्न नगर्ने १३ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कानुनी दायराभित्र रहेर काम नगर्ने १३ कम्पनीलाई कालो सूचीमा राखेको हो ।
Advertisement 2
कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा श्री चुलीडाँडा निर्माण सेवा, श्री इपिक कम्प्युटर्स टेड्रर्स, श्री मकर गणेश कन्स्ट्रक्सन प्रालि, श्री गणपति कन्स्ट्रक्सन, बाबा इन्फ्राप्रोजेक्ट प्रालि, नवनिर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स, यूडी एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स रहेका छन् ।
त्यस्तै, श्री तथ्य इन्जिनियरिङ्ग एण्ड इन्फ्राप्रोजेक्ट प्रालि, श्री आज्ञा एण्ड कम्पनी प्रालि, श्री पुतलीकाठ निर्माण सेवा, श्री जोशी विज हाउस प्रालि, श्री शिवालय बिल्डर्स र श्री अरबिन्द्र कन्स्ट्रक्सनलाई पनि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
Advertisement 3
कालो सूचीमा परेकाहरुले सूचना प्रकाशित भएको मितिदेखि कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् ।














