सशस्त्रका असई नै चोर, ल्यापटप झ्याप हानेपछि समातिए

स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) नै प्रहरीको फन्दामा परेका छन् ।

Advertisement 1

कैलालीको धनगढी उपमहानगरपालिकास्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा पक्राउ पर्नेमा धनगढी ३ घर भएका असई रमेश भण्डारी रहेका छन्। पक्राउ परेका भण्डारीविरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए।

स्रोतका अनुसार रमेश भण्डारीको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुलामा कार्यरत रहेका उनी चोरीको बेला पोखरा ट्रेनिङको लागि पठाइएका थिए।

Advertisement 2

चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो।

प्रकाशित :२०८० मंसिर १, शुक्रबार ०९:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry