सिमान्तकृत समुदायबाट निजामतीमा छलाङ

निजामती सेवामा आफ्नो भविष्य खोज्नेहरुका लागि आकर्षक ‘प्लेटफर्म’ मानिन्छ । निजामती सेवामा प्रवेशबिन्दु हो, लोक सेवा आयोग । त्यही आयोगका परीक्षामा खरो उत्रिएर आफ्नो योग्यता अनुरूप धेरैले तयारी गर्दछन् र परीक्षा दिने गर्छन् । त्यसमध्ये सीमित मान्छेहरू मात्रै सफल हुन्छन् । ती मध्येका हुन मेखबहादुर मंग्राती ,प्रदीप परियार,सीता नेपाली ।

Advertisement 1

सीमान्तकृत समुदायबाट उठेर कान्छा सहसचिवको रेकर्ड राखे मेखबहादुर मंग्रातीले । जो २३ वर्षको उमेरमा खरिदार बनेर ३५ वर्षमा आइपुग्दा सहसचिवको यात्रा तय गर्न सफल भए । उनले सबैभन्दा कम उमेरमा सहसचिवमा नाम निकालेर रेकर्ड नै राखे । त्यो रेकर्डलाई अहिले व्रेक गरेका छन्, प्रदीप परियारले । प्रदीप शहरी विकास मन्त्रालयमा कार्यरत छन्, ३२ वर्षमै सहसचिव बने । यस अघि कान्छो सहसचिवको रेकर्ड राखेका मेखबहादुर अहिले पाँचथर जिल्ला चलाउँदै छन् ।

 

Advertisement 2

३७ वर्षअघि जन्मिए सिन्धुलीको ढकालगाउँमा जन्मिएका मेघ ०६६ सालमा लोकसेवा लडे र सफलता हात लाग्यो । पहिलो पटकमै समावेशी र खुला दुवैतर्फ नाम निकाल्न सफल भए ।

 

Advertisement 3

पहिलो पोष्टिङ सोलुखुम्बुको बाकु गाविस सचिवको रूपमा भयो । करिब ६ महिना काम गरेपछि माघमा नायब सुब्बा भए । त्यहाँबाट पुरातत्व विभाग काठमाडौंमा काम थाले । २३ वर्षमा निजामती सेवामा प्रवेश गरी अधिकृत बनेसँगै जिल्ला प्रशासन कार्यालय भोजपुरमा सहायक सिडिओ भए । त्यहाँबाट जिप्रका मोरङमा दुई वर्ष घोटिए । दुई वटा जिल्ला प्रशासन कार्यालयमा रहेर काम गर्दा गृह प्रशासनबारे मूलभूत कुराको जानकारी लिइसकेका थिए । त्यहाँबाट स्थानीय विकास मन्त्रालयमातहत अमरगढी नगरपालिका डडेल्धुरामा कार्यकारी अधिकृतको रूपमा काम गरेपछि फेरि मन्त्रालयमै फिर्ता भए ।

 

त्यसपछि महालक्ष्मी नगरपालिका इमाडोलको प्रशासन शाखामा एक वर्ष रहे । साढे २ वर्ष राष्ट्रिय दलित आयोगमा कार्यरत रहेर काम गरिरहेकै बेला उपसचिव नबनी एकै पटक सहसचिवमा नाम निकाल्न सफल भए । यसरी निजामती सेवामा प्रवेश गरेको १२ वर्षमै सहसचिव बन्न सफल भए । मुख्यमन्त्री कार्यालय मधेश प्रदेशमा १५ महिना बिताए । अहिले पाँचथर जिल्ला प्रशासन कार्यालय हाँक्ने जिम्मेवारी पाएका छन् ।

 

उनीझैं प्रदीप परियार सम्भवतः निजामती सेवामा नयाँ रेकर्ड राख्न सफल भए । २०४६ साल वैशाखमा जन्मेका उनी ३२ वर्षको उमेरमा सहसचिव बनेर रेकर्ड ब्रेक गर्न सफल भए । प्रदीप अधिकृत हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए । निजामती सेवामा पाइला राखेको ९ बर्षमै उनी सहसचिव बन्न सफल भएका हुन । पर्वत फलेवासमा जन्मिएका परियारले १ वर्ष नायब सुब्बाको रूपमा काम गरे, ८ वर्ष भने शाखा अधिकृतका रूपमा विभिन्न क्षेत्रमा बसेर काम गरेको अनुभव बटुलेका छन् । निजामती सेवामा उनी २०६९ सालमा प्रवेश गरेका थिए । नायब सुब्बाको नतिजा आएकै वर्ष उनले शाखा अधिकृतमा नाम निकाले । आठ बर्ष शाखा अधिकृत भएर काम गरेका उनले उपसचिवतर्फ प्रशासनतर्फ आन्तरिक र खुलाका अलवा परराष्ट्रको उपसचिवमा पनि आवेदन दिएर नाम निकाले तर उपसचिवको रुपमा काम नगरी सिधै सहसचिवमा नाम निकालेर पोष्टिङ हुन सफल भएका हुन ।

प्रदीप र मेघबहादुर मंग्रातीझैं सीता परियारले पनि रेकर्ड बेक गरिन,पहिलो महिला दलित प्रमुख जिल्ला अधिकारी बनेर । कास्की घर भएकी यस अघि हुम्लाको प्रमुख जिल्ला अधिकारी बनेर रेकर्ड कायम गरेकी हुन । उनी यस अघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेकी थिइन ।

 

शाखा अधिकृतबाट निजामतीमा पाइला राखेकी उनले यस अघि ३ वटा उपमहानगरपालिका र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेकी छन् । तत्कालीन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीको रुपमा काम गरिसकेकी परियारले यसअघि नै जनकपुरधाम उपमहानगरपालिका, काठमाडौैं, कीर्तिपुर नगरपालिका र चन्द्रगिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेकी छन् । अहिले उनी इलाका प्रशासन कार्यालय, शाँखुमा कार्यरत छिन् । सीता नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री जीवन परियारकी जीवनसाथी हुन् ।

 

यस अघि दलित समुदायमै पनि केही व्यक्ति यस्ता छन्, जसले डटेर अघि बढ्दा सफलता हात पार्न सफल भएका छन् । मानबहादुर वि क पहिलो दलित सचिवको रूपमा काम गरेर रिटायर्ड भइसक्नुभएको छ ।

प्रकाशित :२०८० असार ७, बिहीबार १४:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry