घुसको भारीले किचिदै ‘करोडपति सुव्वासाब’

अकुत आर्जनमा डामिएका आधा दर्जन करोडपति सुब्बासावहरु उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टंगाल मुद्धा दायर गर्ने र विशेष अदालत चोख्याउने सिलसिला जारी छ । जसमध्ये केही धरौटी तिरेर उन्मुक्ति पाएका छन्,केही धरौटी बुझाउन नसकेर प्रहरीको चिसो खोरमा पुगेका छन् ।

Advertisement 1

जस्तो सोमबारमात्र अख्तियार एक जना करोडपति सुव्वासाबको सफाइ दिने अदालतको निर्णयविरुद्ध सर्वाेच्च अदालतको ढोका ढकढकाउन पुगेको छ ।
विशेष अदालतको फैसला चित्त नबुझेपछि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको हो । ०५९ साल असोज १६ गते रोल्पामा गाविस सचिवको रूपमा जागिरमा प्रवेश गरेका सुरेश अधिकारीमाथि साढे पाँच करोड भ्रष्टाचारको मुद्धा चल्यो । अख्तियारले उनीसहितका उनका चारै जना पत्नीहरु दुर्गा अधिकारी, दीपा श्रेष्ठ, सुस्मिता अधिकारी,सोममाया श्रेष्ठलाई समेत प्रतिवादी बनाएर मुद्धा चलायो तर अदालतबाट ३ करोड धरौटी तिरेर उन्मुक्ति पाए ०७६ मंसिर २ गते ।

यस्तै गुल्मी स्थायी ठेगना भएका भीमकान्त भण्डारी पनि उसैगरी अकुत आर्जनको मुद्धामा डामिए । अधिकारीझैं उनीमाथि पनि अख्तियारले साढे ६ करोड बढी भ्रष्टाचार गरेको आरोपपत्र सहित अख्तियार विशेषमा पुग्यो तर विशेषका श्रीमानले उनलाई १२ लाख धरौटी तोकेर उन्मुक्ति पाउन सफल भए ।

Advertisement 2

यस्का अलवा अख्तियारले पूर्व नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध २ करोड १४ लाख गैरकानुनी रुपियाँ आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका अनुसार घिमिरेले ७ करोड ३९ लाख ६२ हजार ९ सय ८४ रुपियाँ जोडेकोमा त्यसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख १६ हजार रुपियाँ मात्रै ठहर भएको थियो । बाँकी २ करोड १४ लाख ४६ हजार ६ सय ५२ रुपियाँ २४ पैसा गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको भन्दै अख्तियार विशेष अदालतमा पुगेको छ । घिमिरे पूर्व अर्थ मन्त्री जनार्दन शर्माको समयमा मध्यराती अर्थमन्त्रालय पसेर बजेटमा करको दर हेरफेरमा संग्लग्न रहेका कर्मचारी हुन ।

यस्का अलवा अख्तियारले केही समय अघि मात्रै सरकारका अवकाश प्राप्त नायब सुब्बा गणपति झाविरुद्ध पनि २ करोड ४४ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत झाले अन्य विभिन्न कार्यालयमा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारले फेला पारेको थियो ।

Advertisement 3

यस्तै कञ्चनपुर भन्सारका तत्कालीन नासु रामप्रसाद भट्टराईले सार्वजनिक सेवामा रहँदा १ करोड १४ लाखको सम्पत्ति वैध रुपमा जोडेका छन्। तर, अख्तियारले छानबिन गर्दा उनको थप दुई करोड सम्पत्ति पनि भटियो जसको स्रोत भने भेटिएन ।लगानी र बैंक ब्यालेन्ससमेत गरी उनको सम्पत्ति ३ करोड १४ लाख भेटिएको अख्तियारले जनाएको छ । अख्तियारले गत ३ असारमा दुई करोड बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको छ। उनी अदालतले तोकेको ८० लाख धरौटी बुझाउन नसकेपछि थुनामा पुगेका छन् ।

यस्तै ९ किलो सुन प्रकरणमा डामिएर त्रिवि भन्सारका अर्काे सुव्वा रेवन्त खड्का पनि सिआइबीको फन्दामा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विभिन्न अध्ययनले निजामती सेवातर्फ खरिदार र सुब्बास्तरका कर्मचारीहरु भ्रष्टाचारमा बढी लिप्त हुने गरेको देखाएको छ ।

 

प्रकाशित :२०८० कार्तिक १५, बुधबार १०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry