एक सचिव पद रिक्त,को-को छन् बढूवाको लाइनमा ?

५८ बर्ष उमेर हदका कारण सचिव विष्णसप्रसाद नेपालले अनिवार्य अवकाश पाएका छन् । उनी गण्डकी प्रदेशको प्रमुख सचिवको रुपमा कार्यरत थिए । नेपालले अवकाश पाएसँगै गण्डकी प्रदेशको प्रमुख सचिव पद रिक्त भएको छ । उनी ९ महिनाअघि सचिवमा बढुवा भएसँगै गण्डकी प्रदेशमा पदस्थापन भएको थियो । यता प्रमुख सचिव रिक्त भएसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका सचिव रामचन्द्र ढकालले निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हालेका छन् । ढकालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक तथा प्रशासन महाशाखाको जिम्मेवारी सम्हालिरहेका छन् । मन्त्रालयमा प्रशासकीय सुधार तथा समन्वय महाशाखाको जिम्मेवारी सम्हालेका अर्का सचिव इन्दु घिमिरे भए पनि वरिष्ठताका आधारमा ढकालले निमित्त प्रमुख सचिवको जिम्मेवारी पाएका हुन् ।

Advertisement 1

सचिवको पद रिक्त भएको चौथो दिन लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठक बस्न लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार कार्य क्षमताका आधारमा रिक्त रहेको सचिवमा बढुवाका लागि सह–सचिव दामोदर रेग्मी, डा मुकुन्द प्रसाद पौडेल र गणेश प्रसाद पाण्डेको नाम सिफारिस हुने जनाइएको छ ।

रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, पौडेल राष्ट्रिय सूचना आयोगमा र पाण्डे उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयमा छन् ।

प्रकाशित :२०७७ चैत्र ५, बिहीबार ०६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry