दुई विद्येयक संसद्‍मा पेस,चलखेलले निजामती विद्येयक प्रधानमन्त्री कार्यालयमै ‘होल्ड’

आज बसेको क्याविनेट बैठकले एक सहसचिवलाई सचिवमा बढूवा गर्न निर्णयका साथै दुई वटा विद्येयकलाई सदनमा पठाउने निर्णय गरेको छ ।

Advertisement 1

आजको क्याविनेट बैठकले रिक्त रहेको एक सचिव पदमा सहसचिव दिनेश कुमार घिमिरेलाई बढुवा गरेको छ । बढूवा सिफारिस समितिले रिक्त रहेको एक सचिव पदका लागि सहसचिवत्रय दिनेशकुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेलको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस भएका सहसचिव घिमिरेलाई बढूवा गर्न निर्णय गरेको हो ।

यस्तै क्याविनेट बैठकले औषधी लिमिटेडको महाप्रबन्धक कैलासकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले इकर्मचारी डटकमलाई जानकारी दिएका छन् ।
उनका अनुसार नीजिकरण समितिको सदस्यमा संघीय सांसद राजेन्द्रकुमार केसी र माधव सापकोटालाई सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय भएको Comprar cialis generico barato en españa छ ।

Advertisement 2

बैठकले भन्सार विधेयक र विद्युत विधेयकलाई सदनमा प्रस्तुत गर्ने निर्णय समेत गरेको छ । आठ बर्षदेखि अलपत्र परेको संघीय निजामती सेवा विद्येयक कहिले सदनमा पेश हुने हो केही टुंगो लागिसकेको छैन । अर्थ र कानुन मन्त्रालयसँगै लोकसेवा आयोगको परामर्शपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको साता दिन पुगिसक्दा समेत इन्ट्रेष्ट ग्रुपका चलखेलका कारण सदनमा पुग्न सकेको छैन ।

केही प्रशासकहरु अतिरिक्त सचिवको दरबन्दीलाई घटाउन चलखेलमा रहेका कारण मस्यौदा संसदमा पठाउन ढिलाई भइरहेको बताइएको छ ।

प्रकाशित :२०८० भाद्र १२, मंगलवार २०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry