नागरिक लगानी कोषले माग्यो ११ जना कर्मचारी(सुचनासहित)

काठमाडौं। नागरिक लगानी कोषले रिक्त रहेका विभिन्न पदका लागि ११ जना कर्मचारी माग गरेको छ। कोषले माघ ९ गते शुक्रवार एक सूचना जारी गर्दै सहायक अधिकृतदेखि सहायक पदका लागि कर्मचारी माग गरेको हो।

Advertisement 1

कोषले सहायक अधिकृत (प्रशासन) छैटौँ तहमा २ जना, सहायक कम्प्युटर अधिकृत (प्राविधिक) १ जना, वरिष्ठ सहायक (प्रशासन) १ जना र सहायक (प्रशासन) ७ जना गरी ११ जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।

Advertisement 2

सूचनाः

Advertisement 3

प्रकाशित :२०८२ माघ ९, शुक्रबार ११:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry