मन्त्रिपरिषदले गर्यो १७ वटा निर्णय

सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले राहतसम्बन्धी मापदण्ड सम्बोधन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
Advertisement 1
बैठकले एशियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर करिव १३ अर्ब २६ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
बैठकले नेपाल र कतारबीचको युवा तथा खेलकूदसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने निर्णय गरेको छ भने जैविक विविधता एवम् प्रजाति संरक्षणको दृष्टिले महत्वपूर्ण पाँच औंले लगायतका अन्य जडीबुटी तथा रुख प्रजातिहरूको संकलन, कटान, उपभोग, ओसारपसार, बिक्री वितरण वा विदेश निकासीमा प्रतिबन्ध लगाउने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
Advertisement 2