कार्यालय प्रमुखको कार्यकक्षमै उपप्रमुखद्वारा कर्मचारीमाथि हातपात

रूकुम पश्चिमको मुसिकोट नगरपालिकाका उपमेयरले कार्यकक्षमै शिक्षा शाखा प्रमुखमाथि कुटपिट गरेका छन्। उपमेयर विमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र वलीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा काम गरिरहेको समयमा शनिबार बिहान ११ बजेतिर कुटपिट गरेको पीडितले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

Advertisement 1

त्रिभुवन माविले लेखा विषयमा करार शिक्षक माग गरेर शनिबार परीक्षा तोकेको थियो । त्यसैअनुसार परीक्षा संञ्चालनको तयारी गरिरहेका बेला उपप्रमुख पुन कार्यकक्षमा पसेर ओलीमाथि हातपात गरेको त्रिभुवन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसीले बताए ।

आफू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा पुग्दा ल्यापटप भुइँमा खसेको, कागजपत्रहरू यत्रतत्र फालिएको र शिक्षा शाखा प्रमुखको आँखाभरि आँसु देखेको उनले बताए ।उपमेयर पुनले भने आफ्नो चरित्र हत्या गर्ने उद्धेश्यले गलत प्रचारबाजी गरेको बताएका छन् ।

Advertisement 2

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित पुनले आफूलाई थाहा नै नदिएर मेयरको निर्देशनमा आफ्ना निकटका मानिसहरू नियुक्त गर्ने गरेको पाइएको हुँदा त्यो परीक्षा रोकिनु पर्छ भन्ने मनसायका साथ आफू गएको र त्यसलाई अनावश्यक बढाइ चढाइ गरी राजनीतिक रूपमा चरित्र हत्या गर्न खोजिएको उपमेयर पुनले बताए ।

प्रकाशित :२०८० भाद्र ११, सोमबार १०:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry