मतदान गर्न जांगर चल्ला जस्तो छैन!

आवधिक निर्वाचन प्रजातन्त्रको अनिवार्य शर्त हो। यसैले राजनीतिमा निर्वाचनलाई महत्वपूर्ण पर्वको रूपमा लिईन्छ। आवधिक निर्वाचनका माध्यमबाट जनताका आकांक्षा पूरा हुने मात्र नभएर राजनीतिक नेत्तृत्त्वको विकास पनि हुन्छ। यसैले यस पर्वमा प्रचुर मात्रामा जन सहभागिता हुने गर्छ र प्रतिस्पर्धामा विभिन्न क्षमतावान् ब्यक्तिहरू सहभागी हुन्छन्।

Advertisement 1

यसैले निर्वाचनलाई एउटा राजनीतिक पर्वको रूपमा लिईएको पाईन्छ तर यस पटक हुन गै रहेका निर्वाचनले उक्त छनकहरू दिएको अनुभूति गर्न सकेको पाईदैन। पहिलो कुरा त बहुदलीय संसदीय ब्यबस्था अन्तर्गत हुन गै रहेका यी चुनावमा दलको पहिचान भन्दा पनि गठ बन्धनको पहिचानलाई महत्व दिईएको पाईन्छ। किनभने यो चुनावमा जनताका बीच लोकप्रियता हराउदै गएका नेतालाई विजयी गराउने प्रयास भै रहेको छ। यस्ता म्याद गुज्रेका नेता हरेक पार्टीमा हुन्छन् र यिनीहरूले जनमत गुमाउदै गएका हुन्छन्।

यिनीहरूलाई जिताउन अन्य पार्टीका मतदाताको पनि सहयोग आवश्यक हुन्छ र गठ बन्धनका नाममा यस्तो मत माग्न सजिलो हुन्छ तर यस्ता स्खलित नेताबाट खासै उपलब्धी भने हुदैन। त्यसै गरी पार्टीको घोषणापत्र एक किसिमको हुने तर प्रचार प्रसार भने अर्को तवरले गर्नु पर्ने र मतदान पृथक पार्टीलाई गर्नु पर्ने परिस्थिति हुदा यस पटकको चुनावमा मतदान गर्न जांगर चलेन। त्यसै गरी यस पटक बनेको सरकारको दिशा निर्देश र गन्तब्य स्थीर छ। संसदीय अभ्यासलाई नरूचाउने र संसदलाई माध्यम बनाएर देशको विकास गर्ने लक्ष्य लिएका दलहरू मिलेर बनेको बर्तमान सरकारलाई विशेष परिस्थितिको उपज मान्ने हो भने पनि यस पटक हुन गै रहेको निर्वाचनमा समेत तालमेल गर्ने यी गठबन्धनका दलको निर्णय कमजोर भएका दलको लागि मात्र दौराको फेरो भएको छ।

Advertisement 2

यस्तो तालमेलमा हुने चुनावमा सिद्धान्तनिष्ठ कार्यकर्ताहरू दोधारमा रहेका छन्। यिनीहरूको सोच अनुसार विगतमा वर्गीय शत्रुको रूपमा आलोचना गर्दै गरेका दलको पक्षमा मत माग्नु र सो दलको निर्वाचन चिन्हमा मतदान गर्नु लाज मर्दो विषय बनेको छ। आफ्नो विगत देखिको पहिचान गुमाएर गठ बन्धनका अन्य दलहरूलाई मतदान गर्नु रूचिको विषय परेन। त्यसै गरी निर्वाचनको टिकट वितरणमा साविक देखि हुदै आएको गल्ती यस पटक पनि नदोहोरिएला भन्न सकिदैन। पार्टीमा समय नदिएका र पार्टीको भन्दा आफ्नो हितमा लाग्नेहरूको मोहमा पार्टी नेत्तृत्त्व नपर्ला भन्न सकिन्न। यस्तो परिस्थितिमा अवश्य पनि ईमान्दार र त्यागी कार्यकर्ताहरू पार्टीको उम्मेद्वारी पाउनबाट बन्चित हुने छन्।

त्यसैले यस पटकको चुनावमा मतदान गर्न त्यति मन छैन। यही चुनावी माहोललाई देखेर अन्य पार्टीबाट बाहिरिने केही अवसरवादी नेता चैते बनेर जुनसुकै पार्टीमा पनि प्रवेश गर्ने लहर जारी छ। यसरी पार्टीको प्रभाव बढेको देखाउन पार्टी प्रवेश गराउदा दिईने आश्वासनले पार्टी भित्र रहेका त्यागी कार्यकर्तालाई ओझेलमा पारेर चैतेहरू हावी हुने सम्भावना पनि त्यत्तिकै रहन्छ जसले मतदान गर्ने रहरमा तूषारापात गरिदिन्छ। अर्को कुरा हाम्रो देशमा हुने निर्वाचनमा खांटी मतदाता एकदम कम हुन्छन्। किनभने हाम्रा सबै पार्टीहरू करीव कार्यकर्तामा आधारित भै सकेका छन्। यस कारण मतदाता र कार्यकर्ता एउटा सिक्काका दुई पाटा जस्ता भएका छन्। कार्यकर्ताका रूपमा रहेका यी मतदाताहरू आफ्नो विवेकलाई आधार नमानेर पार्टीको निर्देशनलाई आधार मानेर मतदान गर्छन्।

Advertisement 3

पार्टीहरू कति विवेकशील हुन्छन् माथि नै उल्लेख गरी सकिएकै छ। त्यसैले मतदान गर्न के गरौ के गरौ भै रहेको छ। कतिपय उम्मेद्वारहरू मतदाताको विवेकलाई खरीद गर्न चाहन्छन् र गरीवी र अभावलाई माध्यम बनाएर गरिने यस्ता प्रयासबाट निष्पक्ष चुनाव नारामा सीमित हुन्छ, यसैले मतदान गर्न जांगर चल्ला जस्तो लागेको छैन। यसैले सरकार तथा राजनीतिक दलहरूले मतदातालाई सकृय तुल्याउन आफुमा भएका कमी कमजोरीहरू नदोहोरिने गरी चुनावी वातावरण वनाउन सक्षम होस् शुभकामना।

प्रकाशित :२०७८ चैत्र २९, मंगलवार २०:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry