सिंहदरबारमा सकियो सचिवहरुको बैठक

Advertisement 1
सिंहदरबारमा बसेको सचिवहरुको बैठक भर्खरै सकिएको छ । मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको बैठक बिहान १० बजेदेखि शुरु भएर केही समय अघि सकिएको हो ।
बैठकमा झण्डै तीन दर्जन सचिवको उपस्थिति रहेको थियो । आजको बैठकमा पूँजीगत खर्च बढाउनेका अलवा,हालैमात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको र्यापिड एक्सन ट्रान्सफोर्सको बिषयमा अन्य मन्त्रालयका सचिवहरुले आ आफ्नो धारणा राखेका थिए । प्रधानमन्त्री कार्यालयले तयार गरेको र्यापिड एक्सन ट्रान्सफोर्स अब सबै मन्त्रालयको गतिविधिलाई समन्वय गर्दछ ।
Advertisement 2
यस्का अलवा आजको बैठकमा सर्भिस डेलिभरीलाई प्रभावकारी बनाउने बिषयमा समेत छलफल भएको बैठकमा सहभागी ती सचिवले जनाएका छन् ।
प्रकाशित :२०७९ कार्तिक २५, शुक्रबार १३:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%