ललिता निवास जग्गा प्रकरण :- बहालवाला सचिव प्रतिवादी,निर्वाचन आयुक्तलाई उन्मुक्ति
जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला सञ्चार सभिव कृष्णबहादुर राउतलाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको छ । उता सिआइबीले प्रतिवादी बनाएको पूर्व निर्वाचद आयुक्त सुधीर कुमार शाहलाई भने उन्मुक्ति दिएको छ ।
Advertisement 1
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतवार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा सञ्चार सचिव राउतलाई प्रतिवादी बनाएर मुद्धा दायर गर्दा निर्वाचन आयुक्त सुधीर कुमार शाहलाई उन्मुक्ति दिएको हो । शाहको प्रत्यक्ष संग्लनता नदेखिएको भन्दै उनलाई प्रतिवादी नबनाइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
यता,बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सिआइबीले संगठीत अपराधमा मुद्धा चलाउन राय दिएको भए पनि उक्त रायको विपरित
सरकारी कागजात कीर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको बुझिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले संगठित अपराधको आरोपमा मुद्दा नचलाइ सरकारी कागजात किर्तेको अभियोगमा २ सय ९१ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।