को हुन वन मन्त्री आलेलाई एक अर्ब घुसको अफर गर्ने ?
कहिले एक अर्ब घुसको प्रलोभन त कहिल रुखले कार्वनडाइअक्साइड दिन्छ भन्ने भाषणका कारण सामाजिक सञ्जालमा अहिले ट्रोलको शिकार बनिरहेका छन् ओली सरकारका वनमन्त्री प्रेम बहादुर आले । उनै आलेले मंगलबार राजधानीमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि एक अर्ब प्रलोभन आएको अभिव्यक्ति दिए ।
Advertisement 1
गत माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । मन्त्रीको यो अभिव्यक्तिप्रति नेपाल वन प्राविधिक संघले आपत्ति जनाएको छ।
संघका अध्यक्ष कुमुद श्रेष्ठ र महासचिव बसन्तबाबु श्रेष्ठद्धारा एक विज्ञप्ति जारी गर्दै मन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले भ्रष्टाचारजन्य कुरा हुँदा उजुरी गर्नुपर्नेमा प्रचारवाजी गरेको भन्दै विरोध जनाएका हुन। जारी विज्ञप्तीमा भनिएको छ,जघन्य अपराधमा संलग्न व्यक्तिहरुको नाम सार्वजनिक गरी कारवाही गर्नुपर्नेमा माननीय ज्यूबाटै गोप्य राखिनुले थप आशंका पैदा भएको छ’ ।