सामान्यमा सरुवा माग्दै आवेदनको चाङ : ५ सयभन्दा बढी स्थानीय तहको
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तहका कर्मचारी सरुवाको माग गर्दै सयौं निवेदन परेको भेटिएको छ ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन ११ गते दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन र सुगममा कार्यरत कर्मचारीहरुलाई दुर्गममा जानका लागि कार्यालय रोजेर निवेदन माग गरेको थियो ।
मन्त्रालयले सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन भन्दै ९ दिनभित्र निवेदन दिन सार्वजनिक रुपमा आव्हान गरेको थियो । यो अवधिमा झण्डै ४५२ आवेदन परेको मन्त्रालयले जनाएको छ ।
Advertisement 2
मन्त्रालयका अनुसार,दुर्गम क्षेत्रका विभिन्न कार्यालयमा कार्यरत ४५२ जना कर्मचारीले सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिएका छन् । जसमध्ये उपसचिव २, शाखा अधिकृत १२, नायब सुब्बा ६५, खरिदार ७५ र कम्प्युटर अपरेटर ४९ जना छन् । प्राप्त ४५२ निवेदनमध्ये २१२ जनाको निवेदन मन्त्रालयको कार्यक्षेत्र बाहिरको परेको सामान्य प्रशासनले जनाएको छ ।
आवेदन दिनेमध्ये ५० प्रतिशत कर्मचारी माग बाहिरका सेवाका रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रशासन, तथ्याङ्क र विविध सेवाका कर्मचारीको मात्र सरुवाका लागि निवेदन माग गरेको थियो ।
निवेदन दिएका ४५२ जना कर्मचारीमध्ये २१२ जना सरुवाका लागि माग गरिएको सेवाभन्दा बाहिरका रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आवेदन दिनेमा सबैभन्दा धेरै प्रदेश, स्थानीय तहका कर्मचारी, स्वास्थ्य सेवा, वन, शिक्षा, नापी सेवालगायतका कर्मचारी धेरै छन् ।
अन्य मन्त्रालयका कर्मचारीको अन्तर मन्त्रालय समन्वय गरेर मात्र चलाउन मिल्ने र प्रदेश र स्थानीय तहका कर्मचारीको सरुवा मन्त्रालयले नगर्ने भएका कारण ती निवेदन उपर कारवाही नभएको सामान्य प्रशासनले जनाएको छ ।
यस अघि नै अन्तर स्थानीय तह सरुवाका लागि सामान्य प्रशासनमा ४ सय भन्दा बढी निवेदन परिसकेकोमा अहिले १ सय भन्दा बढी निवेदन स्थानीय तहबाटै थपिएका हुन ।
Advertisement 3