सचिव दिनेश भट्टराईले भने- ‘मैले राजीनामा दिएको छैन’

काठमाडौं। सचिव दिनेश भट्टराईले आफूले राजीनामा नदिएको बताएका छन्। मुख्य सचिवमा उनीभन्दा चौथो बरियताको एकनारायण आर्यल नियुक्त भएसँगै सचिव भट्टराई र तायनारायण ज्ञवालीले राजीनामा दिएको खबर बाहिरिएपछि सचिव भट्टराईले आफूले राजीनामा दिएको खबर सत्य नभएको बताएका हुन्।

Advertisement 1

हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहेका सचिव भट्टराईले आफूले राजीनामा दिएको र स्वीकृत समेत भइसकेको भन्दै समाचार आएकाले भ्रममा नपर्न अनुरोध गरेका छन्।

‘विभिन्न अनलाईनहरुमा मैले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको भनी प्रकाशन भएका समाचारमा सत्यता नरहेको अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जाल फेसबुमार्फत भनेका छन्।

Advertisement 2

यसअघि चौथो बरियतामा रहेका अर्याललाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवमा नियुक्त गरेको थियो। सोसँगै राष्ट्रिय योजना आयोगका सचिव तायनारायण ज्ञवालीलगायतले राजीनामा दिएका समाचारहरु बाहिर आएका थिए।

प्रकाशित :२०८१ भाद्र १६, आईतवार १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry