भन्सारका कर्मचारीको वैद्यानिक लुट,४५ प्रतिशत कमिसनको खारेजीको माग राख्दै आज विभाग घेरिदैं

प्रभु साह प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने भएको छ । भन्सारका कर्मचारीलाई वैद्य ढंगले लुट्न दिइएको भन्दै प्रभु साहको पार्टी शुरुदेखि नै यस्को खिलाफमा उत्रिएको छ ।

Advertisement 1

सरकारले भन्सार विभाग र कार्यालयका कर्मचारीलाई वैधानिक तवरले ४५ प्रतिशत कमिशन रकम लुट्न दिइएको बताउँदै खारेजीको माग गर्दै आइरहेको छ ।

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्था अनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । अर्थात् भन्सार छलिको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ । सोही व्यवस्था खारेजीको माग गर्दै आइरहेको छ प्रभु साहको पार्टीले ।

Advertisement 2

भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने लागेको हो ।
यो पार्टीले गत असोजमा समेत यस्तै माग राखेर त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको थियो । सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने माग राख्दै त्यतिखेर भन्सार विभाग घेराउ गरिएकोमा चाडपर्वका कारण स्थगित गरिएको थियो ।

भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजीको माग गर्दै आजदेखि पुन भन्सार विभाग घेराउ गर्न लागिएको सो पार्टीले जनाएको छ ।

प्रकाशित :२०८० पुष १, आईतवार ०८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry