२७ वर्षदेखि बढुवा अवरुद्ध, बढुवा प्रक्रिया यथाशीघ्र अगाडि बढाउन कर्मचारी संघको माग

१९ औं एसियाली खेलकुदको पूर्वसन्ध्यामा राष्ट्रिय खेलकुद परिषद् (परिषद्) का कर्मचारीहरू आन्दोलित भएका छन् । नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपमा रहेका कर्मचारीहरू आन्दोलित हुनुको एउटै कारण लामो समयदेखि अवरुद्ध कर्मचारी बढुवा प्रक्रियालाई लिएर हो ।

Advertisement 1

गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार शुक्रबार बिहान १० बजे उपत्यकामा रहेका सम्पूर्ण कर्मचारीहरुको भेला गराई कोणसभा गर्ने, साउन २८ देखि ३० गतेसम्म कालो पट्टी बाँधेर नियमित कार्यालयको काम गर्ने, साउन ३१ गते कालो पट्टी बाँधे १ घण्टा, साउन ३२ गते र भदौ १ गते दिन कालो पट्टी बाँधेर २ घण्टा पेन डाउन गरी विरोध जनाउने संघर्षका कार्यक्रम छन् । अध्यक्ष भण्डारीका अनुसार २७ वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध रहेको र अहिले ३ सय ८५ जनाको बढुवाका लागि स्वीकृत दरखास्त फारम भरेर बुझाइसकिएको छ ।

Advertisement 2

अध्यक्ष भण्डारीले परिषद्मा लामो समयसम्म कर्मचारीको बढुवा नहुँदा संस्थागत रूपमै समस्या सिर्जना भएको बताइन् । अन्तिम चरणमा पुगेको बढुवा प्रक्रिया कार्यान्वयन नभई सशक्त आन्दोलनमा जाने संघले जनाएको छ ।

 

प्रकाशित :२०८० श्रावण २६, शुक्रबार ०८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry