रिक्त पदको विवरण भदौं १० अगावै उपलव्ध गराउन सामान्यको परिपत्र (पत्रसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रा.प. प्रथम र द्धितीय श्रेणीको रिक्त पदको विवरण माग गरेको छ ।

Advertisement 1

मन्त्रालयले सबै मन्त्रालय,आयोग,नियोग र सचिवालयलाई परिपत्र गर्दै लोकसेवा अयाोगको स्वीकृत बार्षिक कार्यतालिका अनुसार चालु आर्थिक बर्षमा रिक्त हुने सहसचिव र उपसचिव (प्राविधिक र अप्राविधिक) दुबैतर्फको रिक्त हुन जाने पदहरुको विवरण पठाउन परिपत्र गरेको हो ।

रिक्त पदहरुमा परिपूर्ति प्रायोजनका लागि चालु आर्थिक बर्षमा रिक्त हुने संख्याको विवरण पठाउन परिपत्र गरिएको छ । सबै सेवा,समूह,उपसमूहका सहसचिव र उपसचिव तहका नेपाल सरकारको स्वीकृत ओएण्डएम अनुरुप रिक्त हुने संख्याको विवरण आगामी भदौं १० गतेभित्र उपलव्ध गराउन सामान्यको परिपत्रमा उल्लेख गरिएको छ ।

paripatra
प्रकाशित :२०८० श्रावण २४, बुधबार १४:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry