शेष अध्ययन बिदामा हिडेपछि डिजीको जिम्मेवारी उमाकान्तको काँधमा

वैदेशिक रोजगार विभागको महानिर्देशकको उमाकान्त आचार्यले पाएका छन् , यस अघिका डिजी शेष पौडेल अध्ययन बिदा लिएर विद्यावारिधी गर्न जापानतर्फ उडेसँगै उनको स्थानमा आचार्यलाई जिम्मेवारी दिएर खटाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार मन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णयबाट बैरोको डिजीमा अचार्यलाई खटाइएको हो । आचार्य यस अघि श्रम मन्त्रालय मातहतकै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशककै जिम्मेवारीमा थिए । सो विभागलाई रिक्त राखेर बैरोको हाकिम बनाएर उमाकान्तलाई खटाइएको हो ।

प्रकाशित :२०७९ भाद्र १, बुधबार १३:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry