सरकारले तोकेभन्दा तेब्बर बढी भाडा असुल्छन् यातायात व्यवसायी,के हेर्दैछ प्रशासन ?
सरकारले यातायात व्यवसायीको माग अनुसार भाडावृद्धि गरे पनि व्यवसायीले मनपरी रुपमा भाडा असुली गरिरहेका छन् । गत १ जेठदेखि लागू हुने गरी बागमती प्रदेशको अन्तरजिल्ला यातायातको सवारी साधनको भाडा २३ प्रतिशतले बृद्धि गरिएको भए पनि यातायात व्यवसायले दोब्बरभन्दा बढी भाडा असुल गरिरहेको भेटिएको छ ।
Advertisement 1
उपत्याकाभित्र चल्ने सवारी साधनले झैं पासाङ ल्हामु राजमार्ग भएर चल्ने सार्वजानिक यातायातको ठगी उस्तै छ । काठमाण्डौंदेखि रसुवा सदरमुकाम धुन्चेसम्मको दुरी १ सय १७ किलोमिटर रहेको छ । पुरानो भाडा अनुसार २ सय ९७ रुपैया तोकिएको भए पनि यातायात व्यवसायीले सरकारले तोकेभन्दा दुई गुण भन्दा बढी अर्थात ६६५ रुपैंयासम्म उठाइरहेका थिए । गत १ कार्तिकदेखि २३ प्रतिशत भाडा बृद्धि गरी ३ सय ६५ रुपैया कायम गरिए पनि अहिले उनीहरुले सरकारले तोकेभन्दा झण्डै तीन गुणा बढी भाडा असुल गरिरहेका छन् । यातायात व्यवसायीहरुले अहिले यात्रुसँग ८सय १७ रुपौंया उठाएका छन्।
कोही डिलक्स यातायातको नाममा त कोही कच्ची बाटो देखाएर सरकारले तोकेभन्दा तेब्बरसम्म भाडा असुल गरिरहेका छन् ।
Advertisement 2
यस बिषयमा रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज पाण्डेसँग जिज्ञासा राख्दा बढी भाडा असुल उपर भएको बारे अहिलेसम्म गुनासो नआएको र अव तत्कालै यो विषयमा अनुसन्धान गरी कारवाही गर्ने बताए । रसुवाका डिएसपी देबेन्द्र पाण्डेले बाटोको कारण देखाएर सर्वसाधरणसँग सरकारले तोकेभन्दा बढी भाडा लिएको पाइएकोले यो विषयमा तत्काल एक्सन लिने प्रतिक्रिया दिए । आजै व्यवसायीसँग यस बिषयमा छलफल गर्ने पाण्डेको प्रतिक्रिया छ ।
उता नुवाकोटको त्रिशुलीदेखि चोकदेसम्म सरकारले तोकेको भाडा ५२ रुपैयाँ हो । तर, यातायात व्यवसायीले तेब्बर बढी भाडा असुलीरहेका छन् ।
यातायात व्यवसायीले १५० रुपैयाँसम्म बढी भाडा असुलिरहेका छन् ।
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र ५ किलोमिटरसम्मको दुरीमा १८ रुपैयाँ भाडा दर तोकेको भए पनि सर्वसाधरणसँग २० देखि २५ रुपैंयासम्म असुल उपर गरिरहेका छन् ।