उद्योग विभागको महानिर्देशकको कुर्सीमा कोइराला,गौतम मन्त्रालयमै फिर्ता

उद्योग मन्त्रालयले उद्योग विभागको महानिर्देशक परिवर्तन गरेको छ । गत वैशाखमा रामचन्द्र तिवारीलाई महानिर्देशकबाट हटाएर त्यहाँ खटाइएका बाबुराम गौतमलाई मन्त्रालयले ९ महिनामै फिर्ता बोलाएको हो ।

Advertisement 1

मन्त्रालयको औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाबाट विभागको जिम्मेवारी सम्हाल्न पुगेका गौतमलाई ९ महिनामै फिर्ता बोलाएर मन्त्रालयले सहसचिव यज्ञ राज कोइरालालाई महानिर्देशकको जिम्मेवारी सुम्पिएको छ ।

गौतमले विभागलाई गति दिन नसकेको निष्कर्ष निकाल्दै नयाँ नियुक्त गरिएको मन्त्रालय स्रोतको भनाइ छ । यसअघि कोइराला मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा कार्यरत थिए ।

प्रकाशित :२०८० माघ ४, बिहीबार १४:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry