१ करोड ५५ लाख अकुत आर्जनमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा

सरकारी सेवामा प्रवेश गरेको ३० बर्षमा आर्जित डेढ करोड सम्पत्तिको स्रोत देखाउन नसक्दा एक कर्मचारी अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौ तहका कर्मचारी साकिर अहमदविरुद्ध अकुत सम्पत्ति आर्जन मुद्धामा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement 1

२०४८ माघ १५ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका अहमतले २०७८ असोज ३० गतेसम्ममा १ करोड ५५ लाख ७९ हजार ६९५ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार अहमदले श्रोत नखुल्ने सम्पत्ति श्रीमती नुर जहाँ र छोरा साजन शाहसमेतको नाममा जग्गा खरिद, शेयर खरिद, विभिन्न कम्पनीहरूमा लगानी गरेका थिए ।
अख्तियारले अहमदसँगै उनकी श्रीमती नुर जहाँ र साजन शाहलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफतको मागदाबीसहित मुद्दा दायर गरेको छ ।

प्रकाशित :२०८० श्रावण २३, मंगलवार १९:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry