अर्थ मन्त्रालयका १० सहसचिवको सरुवा तथा पदस्थापन
अर्थ मन्त्रालयका दश सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रिस्तरीय निर्णयबाट १० सहसचिवको जिम्मेवारी हेरफेर भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । जसअनुसार मन्त्रालयका सह सचिव
थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकका रुपमा खटाइएको छ । यस्तै वीरगन्ज भन्सारका प्रमुख महेश आचार्य अर्थ मन्त्रालयमा तानिएको छ भने आचार्यको स्थानमा विश्वप्रसाद अर्याललाई खटाइएको छ । यस्तै अर्काे सहसचिव अच्युत शिवाकोटी भन्सार जाँचपास कार्यालयको प्रमुख प्रशासकमा पदस्थापन हुँदा उमाकान्त आचार्य अर्थमन्त्रालयबाट सह महालेखा नियन्त्रकमा पदस्थापन भएका छन् । उनी यस अघि वन मन्त्रालयमा कार्यरत थिए । त्यस्तै ईश्वरीप्रसाद अर्यालय अर्थ मन्त्रालयबाट भन्सार विभागको उप महानिर्देशक बनाएर पठाइएको छ भने महेश भट्टराई अर्थ मन्त्रालयमै राखिएका छन् । यस्तै अर्थका सहसचिव बाबुराम भण्डारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख र भन्सारका उपमहानिर्देशक भूमिराम शर्मा नेपाल राजश्व परामर्श विकास समितिको सदस्य सचिवमा काज सरुवा भएका छन् ।