तातोपानी नाकामा बढ्यो चहलपहल, चालु आवको पहिलो त्रैमासमै भन्सार लक्ष्यको आधा राजस्व संकलन

तातोपानी नाकाबाट चहल पहल बढ्न थालेको छ । ०७२ सालको भूकम्प र कोरोना महामारीले थला परेको नाका केही समय अगाडिमात्र शुचारु भएको हो । चहल पहल र कारोवार बढ्न थालेसँगै तातोपानी भन्सार कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा नै राजस्व लक्ष्यको आधा रकम संकलन गरेको छ ।
तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले चालु आवको असोज २५ सम्म २ अर्ब ३८ करोड राजस्व संकलन भएको जानकारी दिए । पछिल्लो समय यस नाकाबाट प्रमुख रुपमा फलफुल आयात भएको छ । यस नाकाबाट आयात भएका सामानमध्ये ७० देखि ८० प्रतिशत फलफुल हो प्रमुख केसीले भने । दशै तिहारजस्ता प्रमुख चाड नजिकिएसँग फलफुल आयात बढेको हो । यसरी आयात गरिएका फलफुलहरुमा स्याउ, आँप, अंगुर, ड्रागन फ्रुट प्रमुख रहेका छन् । यसका अलावा रेडिमेड कपडा, जुत्ताचप्पल, विद्युतीय सामानहरु पनि आयात भएको उनले बताए । अहिले दैनिक १५ देखि २७ वटासम्म कन्टेनर सामान लोड भइरहेको उनले जानकारी दिए ।
Advertisement 1
चालु आर्थिक वर्षमा तातोपानी भन्सार कार्यालयलाई ४ अर्ब ७९ करोड लक्ष्य रहेकोमा पछिल्लो तीन महिनामै लक्ष्यको आधा राजश्व संकलन गर्न सफल भइसकेको जनाए । केसीले भने यस्तै अवस्था रहने हो भने हामीले लक्ष्यभन्दा धेरै नै राजस्व संकलन गर्न सक्ने पक्कापक्की जस्तै छ । । वि सं २०७२ वैशाख १२ मा आएको विनासकारी भूकम्पपछि यस नाका आंशिक रुपमा मात्रै सञ्चालनमा आएको भए पनि गत भदौ १५ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएसँगै नाकामा चहलपहल र कारोबार बढ्न थालेको हो ।
दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् ।