समायोजन संशोधनका लागि २४०० निवेदनको चाङ,दैनिक सरदर १५० गुनासो दर्ज

स्वास्थ्य सेवाका २४०० सय बढी कर्मचारीहरुले समायोजन संशोधनका लागि आवेदन दिएका छन् । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीका अनुसार हिजोसम्ममा २४ सय बढी आवेदन अनलाइनबाटै दर्ज भएका छन् अर्थात औसतमा अहिले दैनिक डेढ सय हाराहारी आवेदन पर्न थालेको छ । यस्ले पनि दर्शाउँछ कर्मचारी समायोजनप्रति कुन तहको असन्तृष्टी रहेछ भन्ने ।मन्त्रालयले गत १ फागुनदेखि १६ गतेसम्म कर्मचारी समायोजन संशोधन मिलानका लागि आवेदन आह्वान गरेको थियो । कर्मचारीहरुको माग बमोजिम मन्त्रालयले पुन १५ दिनको म्याद थपि आगामी फागुन मसान्तसम्म समायोजन संशोधन तथा मिलानका लागि आवेदन लिन सकिने जनाएको छ ।
पछिल्ला चरणमा मापदण्ड अर्थात कागजात पुर्याएरै आवेदन आउन थालेको सह सचिव रेग्मीले सुनाए ।
उनका अनुसार सुरुवाती चरणमा कागजात नपुर्याइ आवेदन आउने क्रम थियो । यो क्रम बढेपछि मन्त्रालयले अर्काे सूचना जारी गर्दै दोहोरो मापदण्ड पूरा भएका कागजपत्र समावेश गरेर मात्र अनलाइन आवेदन गर्न आह्वान गरेको थियो ।
अहिले मापदण्ड पुर्याएरै आवेदन आइरहेको रेग्मीले सुनाए । डकुमेन्ट नपुगेका आवेदन उपर मन्त्रालयले सम्बन्धित व्यक्तिलाई इमेल वा मोवाइल नम्बरमै जानकारी पठाउँदै आएको छ ।
अनलाइनमा फाराम भर्दा कुनै कागजात नपुगे वा नमिलेमा थप कागजात पहिलेकै पोर्टलमा थपघट गर्न सकिने मन्त्रालयको भनाई छ ।
स्वास्थ्य सेवाले ६ वटा प्रथामिकताको क्षेत्र तोकेर कर्मचारी समायोजन मिलान गर्ने छ । सह सचिव रेग्मीका अनुसार पहिलो प्रथामकितामा स्थानीय तहबाट स्थानीय तहमा जानेको मिलान हुनेछ । दोस्रोमा प्रदेशबाट स्थानीय, तेस्रोमा संघबाट स्थानीयमा, चौथोमा प्रदेशबाट प्रदेशमा, पाँचौमा संघबाट प्रदेशमा जान चाहनेको मिलान हुनेछ भने अन्तिममा फाजिल, पुल र प्रक्रिया नमिलेकाको मिलान प्रक्रिया अघि बढाइनेछ ।

प्रकाशित :२०७७ फाल्गुन २०, बिहीबार १०:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry