लेखा अधिकृतविरुद्ध दुई लाखको भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना लेखा अधिकृतविरुद्ध दुई लाख रुपैंया बराबरमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । सेवाग्राहीसँग २ लाख घुस लिइरहेको अबस्थामा रंगेहात पक्राउ परेका लेखा अधिकृत शेखर ढकालविरुद्ध अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

Advertisement 1

ढकाललाई नगरपालिका तथा वडा कार्यालयमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिइरहेको अवस्थामा अख्तिायरले अघिल्लो महिना पक्राउ गरेको थियो । अख्तियारका अनुसार, ढकालले नगरपालिका र वडा कार्यालयमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिएका थिए ।

पक्राउ परेको महिना दिन पछि अख्तियारले लेखा अधिकृतविरुद्ध २ लाख रुपैंया बिगो दाबी गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement 2

पालिकाका अनुसार ढकाल ०७६ सालमा कर्मचारी समायोजन हुँदादेखि नै सो पालिकामा कार्यरत रहँदै आएका थिए ।

ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अनुसार बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दावी लिईएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिए ।

प्रकाशित :२०८० श्रावण १९, शुक्रबार १५:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry