कर्मचारीहरुको नयाँ तलबमान बारे के भन्छ अर्थ मन्त्रालय ?

हिजोदेखि सामाजिक सञ्जालमा कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक भएको बिषयबस्तुले रंगिएको छ । जहाँ कर्मचारीहरुको नयाँ तलबमान भन्दै तथ्यांकसहित विवरणहरु सामाजिक सञ्जालमा छरपष्ट भएको छ । जसउपर कर्मचारी वर्गबाटै विभिन्न टिका टिप्पणी भइरहेको छ ।तर यो बिषयमा अर्थका उच्च अधिकारीहरुले आधिकारिक रुपमा टिप्पणी गर्न मानेका छैनन् ।

Advertisement 1

साउन १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको भनिएको नयाँ तलबमानबारे भने अर्थका अधिकारीहरुले तलबमान नयाँ बृद्धि नभएको स्पष्ट पारेको छ । अर्थका एक अधिकारीले भने, ‘समान पदको समान तलब बनाउन खोजिएको’प्रतिक्रिया दिँदै यो नयाँ तलवमान नभएको स्पष्ट पारेका छन् ।

जस्तो मर्यादाक्रम अनुसार अधिकृत र नेपाल प्रहरीको इन्सपेक्टर समान पदका भए पनि नेपाल सरकारको अधिकृतको तलब र नेपाल प्रहरीको इन्सपेक्टरको तलबमान असमान रहँदै आएको थियो । यस्तै नेपाल प्रहरीको डिएसपी र नेपाल सरकारको उपसचिवको तलब समेत असमान रहँदै आएको थियो । सरकारले चालु आर्थिक बर्षदेखि यही असमान तलवमानलाई समान बनाउन मात्र खोजेको ती अधिकारीले स्पष्ट पारेका छन् ।

Advertisement 2

ती सहसचिवले इकर्मचारी सँग भने,पहिला मर्यादाक्रम अनुसार तलबमान विग्रेर असमान भएको रहेछ,त्यसैलाई समान मात्र बनाउन खोजिएको हो ।
। सरकाले नयाँ बजेट बक्तव्य अनुसार सबै कर्मचारीहरुको समान १५ प्रतिशत तलव बृद्धि गरेको भए पनि अन्य दर्जा प्रहरी,नेपाली सेना अनुसारको तलबमान नभएको गुनासो उठिरहेको समयमा त्यसलाई मिलाइएको जनाइएको छ ।

तर सार्वजनिक भएको नयाँ तलबमानमा नासु र अधिकृतबीचको ठूलो खाडल देखिएको भन्दै उनीहरु विरोधमा उत्रिरहेका छन् ।

Advertisement 3

प्रकाशित :२०७९ श्रावण २२, आईतवार १२:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry