लोकसेवा पढाउने हाकिमहरुको रुवावासी,व्युताइँदै पूरानो मापदण्ड

कार्यालयका काममा कम र लोकसेवा तयारी कक्षा पढाउन बढी व्यस्त रहने ७० कर्मचारीसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । कर्मचारीहरु कार्यालयको काम छोडेर नीजि इन्स्टिच्यूडमा बढी व्यस्त हुन थालेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धानमा परेको थियो । गत जेठमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नामै किटान गरी ७० जना अधिकृतहरुविरुद्ध उजुरी परेको थियो ।

Advertisement 1

यो सँगै इकर्मचारी डटकमले लोकसेवा पढाउने ३० प्रशासकलाई अख्तियारको पत्र घुस खानु पुण्य,पढाउनु चाहिँ पाप ? शीर्षकमा समाचार प्रकाशन गरेको थियो गत असार ३१ मैं ।

अख्तियारले ती उजुरीमाथि आवश्यक कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २०८० जेठ २ गते पत्राचार गरेको थियो । सो पत्रसँगै अख्तियारीले नामै तोकिएका ७० जना अधिकृतलाई स्पष्टीकरण सोधिएको संघीय मामिला तथा सामान्य प्रासन मन्त्रालयले जनाएको छ ।

Advertisement 2

यस अघि एकनारायण अर्याल सामान्य प्रशासन सचिव हुँदा कर्मचारीहरु कार्यालय समयमा कार्यालयमा कम र लोकसेवा पढाउने निजी इन्स्टिच्यूडहरुमा बढी भेटिने गरिएको भन्दै लोकसेवा तयारी कक्षा पढाउन बन्देज लगाइएको थियो ।
एकै पटक अधिकृतदेखि सचिवतहसम्मका ७० कर्मचारीहरु उपर अख्तियारमा उजुरी र सामान्य प्रशासनले स्पष्टीकरण सोधेर आन्तरिक कारबाहीको प्रक्रिया अगाडि बढेसँगै पूरानो मापदण्ड व्युँताउन लागिएको छ ।
कर्मचारीलाई कार्यालय समयबाहेकको समयमा प्रशिक्षण वा अनुसन्धान गर्न पूर्व स्वीकृति दिनेसम्बन्धी मापदण्ड, २०८० स्वीकृत गर्ने भनी मापदण्ड नै बनाउन लागिएको हो ।साउन पहिलो साता मापदण्डसम्बन्धी टिप्पणीको फाइल उठाइएको सामान्य स्रोतले जनाएको छ ।

 

प्रकाशित :२०८० श्रावण १९, शुक्रबार ०९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry