तीन वर्षदेखि गृह र उद्योगमा कार्यरत अधिकृतहरु काठमाडौं बाहिर सरुवा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ शाखा अधिकृतहरुलाई स्थानीय तहमा खटाएको छ । लामो समयदेखि गृह,उद्योग मन्त्रालयमा रहेका अधिकृतहरुलाई स्थानीय तहमा खटाएको सामान्य प्रशासनले जनाएको छ ।
Advertisement 1
सामान्यका अनुसार तीन बर्षभन्दा बढी समयदेखि शक्ति र पहुँचको भरमा सिंहदरबारमा कार्यरत रहेका अधिकृतहरुलाई स्थानीय तहमा खटाइएको छ । सरुवाको सूची अनुसार चार जना अधिकृतहरु गृहबाट स्थानीय तहमा पुगेका छन् भने उद्योगका तीन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका एक अधिकृत सरुवामा परेका छन् ।
सरुवा सूची अनुसार गृहबाट बाहिरिने अधिकृतहरुमा सुशील कुमार भण्डारीलाई सिदिङ्वा गाउँपालिका ताप्लेजुङ, पवन कुमार शाहीलालाई झिमरुक गाउँपालिका प्युठान,एक नारायण भण्डारीलाई सोताङ गाउँपालिका सोलुखुम्बु र अर्जुन कुमार मण्डललाई औरही गाउँपालिका सिरहामा खटाइएको छ ।
यस्तै उद्योग मन्त्रालयमा कार्यरत रहेका अधिकृतहरु टोपलाल अर्याललाई ब्रह्मपुरी गाउँपालिका,शितल सिंह उखेडा सायल गाउँपालिका डोटी र हरिजंग चन्दलाई जुनीचाँदे गाउँपालिका,जाजरकोटमा पठाइएको छ ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा कार्यरत तुलसी राम पौडेललालाई गौमुखी गाउँपालिका प्यूठानमा खटाइएको छ ।