कर्मचारी युनियनको अडान प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत संघबाट हुनु पर्छः अध्यक्ष पोखरेल

प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघबाट हुनु पर्छ भन्ने नेपाल निजामती कर्मचारी युनियनको अडान रहेको युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेले बताउनु । संघीयता पछि पछि दोश्रो कार्यकालको निर्वाचन पश्चात पनि संघीय निजामती ऐन आउन नसक्नु दुखद हो । निजामती कर्मचारीहरुको एक मात्र कानुनलाई विभिन्न वहानामा आउन नदिनुमा हाम्रा ट्रेड युनियन कर्मीहरुको पनि कमजोरी रहेको छ । ट्रेड युनियनको पहिलो धर्म निजामतीको हक हित हो दलको लाईन होईन । यो समय हामी कर्मचारी हकहितको लागि आफ्नो दल र दलको सरकारसँग पनि आन्दोलिन हुनु पर्छ भन्दै संघीय निजामती सेवा ऐनमा सरुवा, बढुवा, वृत्ति विकास, राजपत्रअनंकितहरुको मर्का नसमेटिई आउदैन त्यसको लागि हामीहरु लागि रहेका छौ आवश्यक परेमा आन्दोलित हुन तयार हुन समेत अनुरोध गरेका थिए । समयोजन ऐनमा जस्तै हेल्पडेस्क राखेर कर्मचारीहरुलाई भ्रामित नपार्न अन्य ट्रेड युनियनहरुलाई अनुरोध समेत गर्नु भयो ।

Advertisement 1

नेपाल निजामती कर्मचारी युनियन, अर्घाखाँचीले आयोजना गरेको बनभोज, शुभकामना आदान प्रदान र २०८० सालको भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्दै संघीय निजामती सेवा ऐन छिट्टै आउनेमा आफूहरु विस्वत रहेको कुरा समेत बताएका थिए । कर्मचारीहरु संघीय निजामती ऐनको विषयलाई लिएर आन्दोलित छन् । विभेदपूर्ण र गरिएको समायोजन ऐनले सबै कर्मचारीहरुलाई समान व्यवहार गर्न सकिरहेको छैन । समयोजन ऐन कर्मचारीहरुको लागि नभएर मन्त्री र सचिवको ठेक्का भएको कारण कर्मचारीहरुले धेरै दुख पाई रहेका छन । ऐन आउने सबालमा उच्च पदस्थ कर्मचारीहरुले पनि निम्न स्तरका कर्मचारीहरुको मर्म विपरितको ऐन ल्याउनमा उद्दत रहेको त्यहा बोल्ने अधिकांश बक्ताहरुको भनाई रहेको थियो ।
सन्धिखर्क नगरपालिका वार्ड नं। ०६ को विपी पार्कमा सम्पन्न भएको कार्यक्रममा करिब ४ सय जनाको उपस्थिति रहेको थियो । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि नेपालकी काँग्रेसका प्रदेश सह(महामन्त्री विष्णु प्रसाद खनाल मुस्कान, जिल्ला पार्टी सभापती केशब श्रेष्ठ, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, युनियनका केन्द्रीय उपाध्यक्ष मदन गौतम, उपमहासचिव गणेश भण्डारी, केन्द्रीय सचिव प्रकाश भट्टराई, केन्द्रीय सदस्यहरु नविन पन्थी, हरि ज्ञवाली, मनिष अधिकारी, सन्धिखर्क नगरपालिकाकाका प्रमुख प्रसशाकीय अधिकृत खुमलाल भुसाल, भुनपका का नारयण प्रसाद पोखरेल, शितगंगाका झविन्द्र खनाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक कुमार खनाल र आधिकारिकका जिल्ला अध्यक्ष कृष्ण वर्मा लगायत उपस्थित अतिथिहरुले संयुक्त रुपमा नेपाल निजामती कर्मचारी युनियन अर्घखाँचीले प्रकाशन गरेको २०८० सालको भित्ते पात्रोको संयुक्त रुपमा विमोचन समेत गरेका थिए । कार्यक्रममा छिमेकी जिल्लाका युनियनका पदाधिकारी, आधिकारिकक ट्रेड युनियनका पदाधिकारी तथा जिल्ला स्थिति कार्यालय प्रमुखहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष माधव अर्यालको अध्यक्षता, उपाध्यक्ष पुष्पा भुसालको स्वागत मन्तव्य र सचिव अर्जुन रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

Advertisement 2

 

 

प्रकाशित :२०७९ चैत्र २६, आईतवार ११:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry