नागरिकका गुनासा सुन्न गाउँ चहार्दै रसुवाका सिडिओ

रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल नागरिकको गुनासो सुनुवाइ गर्न जिल्ला दौडाहा अभियानमा निस्किएका छन् । जिल्लाका गाउँपालिका र पालिका मातहतका वडा कार्यालयले सेवाग्राहीलाई सेवा कसरी दिइरहेका छन्, विकास निर्माणको अवस्था के छ, स्थानीयले सहज रूपमा सेवा पाएका छन् कि छैनन्, जनप्रतिनिधिले सेवा प्रवाहमा पक्षपात गरेका छन् कि छैनन्लगायत विषयमा वडामै पुगेर नागरिकसँग प्रत्यक्ष अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।

Advertisement 1

खनाल प्रमुख जिल्ला अधिकारीको रुपमा रसुवा गएसँगै उनले नागरिक र जनप्रतिनिधसँग अन्तरक्रिया तथा छलफललाई तिब्रता दिएका हुन् । जिल्लाको शान्तिसुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापन लगायत प्रशासनका कार्य क्षेत्रसँग सम्बन्धित तथा जिल्लास्थित सार्वजनिक निकायका सेवा प्रवाहः एवं कार्यक्षेत्रसँग सम्बन्धित गुनासा लिएर सेवा प्रभावकारी बनाउने उद्देश्यले आज पनि नौकुण्ड गाउँपालिकामा त्यहाँका स्थानीय र जनप्रतिनिधिसँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

Advertisement 2

लागु औषध, प्रहरी तथा प्रशासनको कामकारबाही, अपराध नियन्त्रण लगायतका विषयमा छलफल गरिएको र नागरिकका गुनासा सुनिएको प्रजिअ खनालको भनाई छ । आजको छलफलमा सहभागिले गाउँपालिकामा प्रहरीको संख्या थप गर्न र विकास निर्माणका काममा ढिलासुस्ती भएकाले समन्वय गरिदिन आग्रह गरेका छन् ।

Advertisement 3

प्रजिअले सम्बन्धित कार्यालयलाई पारदर्शी र सुशासन कायम गरी गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिए । स्थानीयका गुनासा सम्बोधनका लागि तत्कालै पहल गरिने उनको भनाइ छ । विकास निर्माणको काममा गुणस्तरलाई ध्यानमा राख्न प्रजिअ खनालले जनप्रतिनिधिलाई आग्रह गरे ।

त्यसैगरी जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास बुढाथोकीले पनि लागू औषध सम्बन्धी सजाय र त्यसले मानव जीवनमा पर्ने समास्याहरुको बारेमा स्पष्ट पारेका थिए।

प्रकाशित :२०८० पुष २२, आईतवार २०:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry