सहसचिव सरुवा सूची संशोधन :- आयोजनामा खेदिएका ढकाललाई मन्त्रालयमै

साँढेको जुधाई बाच्छाको मिचाँई छ,सिंहदरबारतिर । पार्टी एउटै,मन्त्रालय उही । पूर्व र बहालवाला मन्त्रीको चेपुवामा पर्दैछन् वन तथा वातावरण मन्त्रालयका कर्मचारीहरु चाहिँ ।
राजकिशोर,प्रदीप यादवदेखि दीपक कार्कीहरुलाई जिल्लाराम खुवाउँदै मन्त्री बनेका बैंकर वीरेन्द्र महत्तोले पूर्व मन्त्री प्रदीप यादवका समयमा नियुक्त भएका कर्मचारीहरुलाई धमाधम पेल्दैछन् । त्यसकै उदाहरण हुन्,कार्यक्रमको सिलसिलामा जापान पुगेका राष्ट्रिय वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका महानिर्देशक डा. महेश्वर ढकाल,उनी फर्किदा उपमहानिर्देशक समेत जान नमान्ने चुरे उत्थानशील आयोजनामा खेदिएको पत्र तयार थियो । वनका सिनियरमोष्ट सहसचिव ढकाललाई डा. राजेन्द्र केशी र बद्री ढुङ्गाना लगायतका जुनियर कर्मचारी समेत जान नमानेको ठाउँमा लखेटिएपछि अस्ति सोमबार दिनभर वन मन्त्रालयमा तफडै चल्यो उनले मन्त्री विरेन्द्र महत्तो र सचिव रेवतीरमण पौडेलसँग सवाल जबाफ गरे,आफूलाई खेदिनुपर्नै कारण खोजे । जुनियर कर्मचारी बस्ने ठाउँमा आफू नजाने, खटाइए राजीनामा दिने धम्की पछि मन्त्री र सचिव गले र उनको सरुवा सूची संशोधन भएको र अहिले मन्त्रालयमै खटाइएको वन मन्त्रालय स्रोतले जनाएको छ ।
Advertisement 1
प्रदीप मन्त्री हुँदा विभागका हाकिम बनाएर ल्याइएका कर्मचारीहरुलाई लखेटिएको हो । सरुवामा परेका अन्य कर्मचारीहरुमा वन तथा भूसंरक्षण विभागको महानिर्देशक बनाएर शिवकुमार वाग्लेलाई पठाइँदा त्यहाँँका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ । यस अघि महेश ढकाल हाकिम रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा.सिन्धुप्रसाद ढुङ्गानालाई ल्याइएको छ । वालुवाटार दाहिना हुँदा उनले सो निकायको जिम्मेवारी पाएका हुन भन्नेहरु पनि वन मन्त्रालयभित्रै छन् । यस्तै चुरे उत्थानशील आयोजनाका प्रमुख बद्रीराज ढुंङ्गानालाई तानिँदा मन्त्रालयबाट मेघनाथ काफ्लेलाई राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिको सदस्य–सचिव बनेर पठाइएका छन् भने रेड कार्यान्वयन केन्द्रका प्रमुख डा रामचन्द्र कँडेललाई मन्त्रालयमा तानिएका हुन । उनी निकुञ्ज विभाग ताकेर बसेका थिए । यस अघि प्रदीप यादव मन्त्री हुँदा उनलाई निकुञ्ज विभागबाट हटाएर रेड कार्यान्वयन केन्द्रमा पठाइएको थियो । पूर्व मुख्य सचिव शंकरदास बैरागीको सेटिङमा कृषि सेवाका डा. रेवतीरमण पौडेल निमित्त हुँदै सचिव बनेपछि कृषि मन्त्रालय नै ताकिरहेका छन् । यता वन तथा वातावरण मन्त्रालयले वनबाटै निवृत्त पूर्व सचिव डा पेमनारायण कँडेलले चलाइरहेका वनका कतिपय कर्मचारीहरु बताउँछन् ।
मन्त्री महत्तोले बैंकका कर्मचारीलाई हप्काएझैं सचिव, महाशाखा प्रमुख र विभागीय प्रमुखलाई हकार्न थालेको कर्मचारीहरुले दुखेसो पोखेका छन् । अहिले मन्त्रीका निजी स्वकीयमा शाखा अधिकृत राम एकवाल दास कार्यरत छन् । ति तिनै अधिकृत हुन,जस्को लोकसेवा तयारी पुस्तकमा हालै आगो झोसिएको छ । दासले लेखेको पुस्तक गेमस्काउट, वन रक्षक, सफलताको साथी नामक पुस्तकको पृष्ट नम्बर १४३ मा महिलाहरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिए पछि उनको पुस्तकमा आगो झोसिएको छ । विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको गेमस्काउट, वन रक्षक, सफलताको साथी नामक पुस्तकमा आपत्ति जनक प्रश्न राखेपछि एकवाल र उनको पुस्तकमा आगो झोसिएको हो । मन्त्रीहरूका निजी र स्वकीय सचिव कस्तो हुनुपर्छ ? पक्कै पनि मन्त्रीको कार्य सम्पादनमा सहयोग पु¥याउने र प्रतिष्ठा बढाउन मद्दत गर्ने हुनुपर्ने होला । तर, विडम्बना वन मन्त्री विरेन्द्र महत्तोको सचिवालयमा यस्तै बदनाम कर्मचारीलाई निजी स्वकीयका रुपमा सचिवालयमा राखेका छन् । यस्तै उनका स्वकीय सचिव जसपाका कार्यकर्ता नराखी जनमत पार्टीका कार्यकर्तालाई नियुक्ति दिइएको बताइएको छ ।